back

प्रहरीमाथि गोली प्रहार गर्ने तीन पक्राउ

वि.सं.२०७४ मंसिर ११ सोमवार

147 

shares
NTC AD
Global IME AD

११ मंसिर, महेन्द्रनगर, धनुषा । प्रहरीमाथि गोली प्रहार गरेर फरार भएका तीन जनालाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको शहीदनगर नपा–१ बस्ने ३२ वर्षीय शिवकुमार राय, २८ वर्षीय मनोजकुमार राय र १८ वर्षीय सुरेन्द्रकुमार राय छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नपा–२ स्थित चिरैया चोकबाट तिनलाई पक्राउ गरिएको हो ।

अभियुक्तका साथबाट ज६प ९०५६ र स५प ९२३९ नंका दुई थान मोटरसाइकल, १५० ग्राम ब्राउन सुगर, एक थान चिनियाँ पेस्तोल र त्यसमा लाग्ने म्यागजिन एक तथा मोबाइल र सिम कार्ड तीन थान बरामद गरिएको छ । अभियुक्तहरु आइतबार अपराह्न २ बजे सिरहाको कल्याणपुर नपा–५ स्थित निर्दनाघाटमा प्रहरी जाँच भइरहेका अवस्थामा मोटरसाइकलमा आएर त्यहाँ खटिएको प्रहरी टोलीमाथि गोली प्रहार गरी एक म्यादी प्रहरी र एक प्रहरी जवानलाई गम्भीर घाइते बनाई फरार भएका थिए ।

गोली प्रहारबाट ३३ वर्षीय प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते भएका छन् । उनीहरु दुवैको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अभियुक्त तीनै जनालाई जिप्रका धनुषाको हिरासतमा राखी लागुऔषध, हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको छ ।

वि.सं.२०७४ मंसिर ११ सोमवार १५:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...