back
CTIZAN AD

प्रहरीमाथि गोली प्रहार गर्ने तीन पक्राउ

वि.सं.२०७४ मंसिर ११ सोमवार

648 

shares

११ मंसिर, महेन्द्रनगर, धनुषा । प्रहरीमाथि गोली प्रहार गरेर फरार भएका तीन जनालाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको शहीदनगर नपा–१ बस्ने ३२ वर्षीय शिवकुमार राय, २८ वर्षीय मनोजकुमार राय र १८ वर्षीय सुरेन्द्रकुमार राय छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नपा–२ स्थित चिरैया चोकबाट तिनलाई पक्राउ गरिएको हो ।

अभियुक्तका साथबाट ज६प ९०५६ र स५प ९२३९ नंका दुई थान मोटरसाइकल, १५० ग्राम ब्राउन सुगर, एक थान चिनियाँ पेस्तोल र त्यसमा लाग्ने म्यागजिन एक तथा मोबाइल र सिम कार्ड तीन थान बरामद गरिएको छ । अभियुक्तहरु आइतबार अपराह्न २ बजे सिरहाको कल्याणपुर नपा–५ स्थित निर्दनाघाटमा प्रहरी जाँच भइरहेका अवस्थामा मोटरसाइकलमा आएर त्यहाँ खटिएको प्रहरी टोलीमाथि गोली प्रहार गरी एक म्यादी प्रहरी र एक प्रहरी जवानलाई गम्भीर घाइते बनाई फरार भएका थिए ।

गोली प्रहारबाट ३३ वर्षीय प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते भएका छन् । उनीहरु दुवैको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अभियुक्त तीनै जनालाई जिप्रका धनुषाको हिरासतमा राखी लागुऔषध, हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको छ ।

वि.सं.२०७४ मंसिर ११ सोमवार १५:३८ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...