११ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारका मिर्गौला र छातीमा समस्या देखिएको छ ।
उहाँको स्वास्थ्य गम्भीर बनेपछि उहाँलाई छिटोभन्दा छिटो भारतको कलकत्ता लैजाने तयारी परिवारले गरेको उहाँसँगै अस्पतालमा रहनुभएका काँगे्रस नेता एवम् पूर्वसांसद पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो ।
पूर्वमन्त्री ताम्राकारको स्वास्थ्यावस्था गम्भीर भएकाले आजै लैजाने तयारी गरिए तापनि अक्सिजन लगाई लैजानुपर्ने भएकाले सम्भव नभएकाले लैजान नसकिएको बस्नेतले जानकारी दिनुभयो । उहाँले पाँच दिनअघि ललितपुर, पुल्चोकस्थित निदान अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएको छ ।