back
CTIZAN AD

सेतो पानी वग्ने समस्या छ भने यसो गर्नुस्

वि.सं.२०७४ मंसिर १२ मंगलवार

2.4K 

shares

women1नेपालका अधिकांश महिला योनिबाट सेतो पानी बग्ने समस्याको सिकार छन् । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा यस्तो समस्या देखिन्छ । कतिपय महिला लाजका कारण यस्ता समस्याबारे खुल्दैनन् । जसकारण झन गम्भीर प्रकृतिका रोग लाग्न सक्छ । सेतो पानी बग्न थालेमा महिलाको योनिमा संक्रमण बढ्न थाल्छ । यस्तो समस्याको समयमै उपचार गरिएन भने पाठेघरको क्यान्सरसमेत हुन सक्छ । योनिबाट सेतो पानी बग्ने समस्याबारे यसो भन्छिन् वयोधा अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. आस्था श्रेष्ठ ।

सामान्यतया महिनावारी हुनुभन्दा पाँच दिनअघिदेखि महिनावारीपछिको १४ दिनसम्म धेरै पानी बग्न सक्छ । कहिलेकाहीँ महिलाको योनिबाट चिप्लो पानी पनि बग्न सक्छ । यस्तो पानीको गन्ध आएन भने यसलाई समस्याको रूपमा नलिँदा हुन्छ ।
तर, पानी बग्ने समयमा योनि चिलाउने, पोल्ने, योनिबाट निस्केको पानी गनाउने भयो भनेचाहिँ चिकित्सककहाँ जाँच गर्न गइहाल्नुपर्छ ।

यस्तो समस्याबाट बच्नका लागि शारीरिक सम्पर्क गर्ने विषयमा पनि ध्यान दिनुपर्दछ । धेरै मानिससँग शारीरिक सम्पर्क गर्दा योनिमा संक्रमण हुन सक्छ । र, महिलामा सेतो पानी बग्ने समस्या सिर्जना हुन सक्छ । यौनसम्पर्कका कारण संक्रमण भएमा योनिबाट पिपजस्तो पदार्थ पनि बग्न सक्छ, जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

मधुमेह भएका कतिपय महिलामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । यस्ता महिलामा रोगसँग लड्ने क्षमताको कमी हुन्छ र सेतो पानी बग्ने समस्या हुन्छ ।

सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ । सकेसम्म दैनिक रूपमा अन्डरवेयर परिवर्तन गर्नुपर्दछ । योनि सफा गर्दा सचेत हुनुपर्ने के छ भने कहिल्यै पनि योनिमा साबुन प्रयोग गर्नु हुँदैन । साबुनले सफा गरेमा योनि सुक्खा हुन्छ र चिलाउने समस्या हुन्छ । अनि, सेतो पानी बग्न थाल्छ । नयाँपत्रिकाबाट

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०२:३२ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...