back
CTIZAN AD

निर्वाचन सुरक्षामा हेलचेक्य्राइँ गर्ने छ प्रहरी निलम्बित

वि.सं.२०७४ मंसिर १३ बुधवार

831 

shares

१३ मंसिर, ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रहरी सहायक निरीक्षकसहित छ जनालाई निलम्बित गरेको छ ।

निर्वाचनका समयमा विभागीय नीति निर्देशनविपरित काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगा खत्रीसहित एक हबल्दार र चार जवान जवानसहित छ जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निलम्बित हुने उनीहरु यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ ताप्लेजुङ सदरमुकामस्थित भानु मावि अम्बिटार मतदान केन्द्रमा खटिएका थिए । सोही केन्द्रमा मंसिर ९ गते मतदानस्थलको तयारी हुँदै गर्दा बम विस्फोट भएको थियो ।

विस्फोट भएको अघिल्लो दिन नै विस्फोटक पदार्थ राखिएको तर सुरक्षार्थ खटिएका प्रहरीलाई यस बारेमा थाहा नहुनु हेलचेक्य्राइँ अर्थात विभागको नीति निर्देशन विपरित काम भएको प्रष्ट भएकाले निलम्बित गर्नु परेको बताइएको छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यान नदिएकाले निर्वाचन विरोधी समूहले विस्फोटक पदार्थ राखेको प्रहरीको ठहर छ ।

वि.सं.२०७४ मंसिर १३ बुधवार ०३:३४ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...