back
CTIZAN AD

एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भए पूर्वमहानिर्देशक शर्मा

वि.सं.२०७४ मंसिर १३ बुधवार

780 

shares

chudamani-sharma१३ मंसिर, काठमाडौं । विशेष अदालतको थुनछेक बहसपछि आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा रु एक करोड धरौटीमा छुटेका छन् ।

न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले रु एक करोड धरौटी माग्ने आदेश गरेको र सोही आदेशअनुसार धरौटीमा छुटेको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिनुभयो ।

आदेशअनुसार रु एक करोड धरौटीको रकम नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी देखाएपछि शर्मा धरौटीमा रिहा भएका हुन् ।

कर फस्र्याैट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि विशेष अदालतले जनही रु एक करोड धरौटी माग गरेको थियो । सो रकम तिर्न नसकेर दुवै यही मंसिर ५ गते कारागार चलान भएका थिए । .

आयोगमा अनियमित ढंगले कर मिनाहा दिइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई गत १९ जेठमा पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइपछि अन्तरिम आदेश दिएपछि शर्मा अख्तियारको हिरासतबाट मुक्त भई विशेष अदालतको थुनछेक बहसपछि मंगलबार धरौटीमा रिहा भएका हुन् ।

वि.सं.२०७४ मंसिर १३ बुधवार ०३:३२ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...