back

बारपाकको पोखरी गाउँमा ५० जना बिरामी

वि.सं.२०७४ मंसिर १८ सोमवार

429 

shares
IME Limited
NTC AD

१८ मंसिर, गोरखा । गोरखाको बारपाकको पोखरी गाउँमा ५० जनाभन्दा बढी स्थानीयबासिन्दा बिरामी परेका छन् । रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी रोगबाट बालबालिकादेखि वृद्धवृद्धासम्म पीडित छन् ।

बिरामीको स्वास्थ्य उपचारका लागि बारपाक स्वास्थ्य चौकीका अहेव दिवश गोइत, अनमी रबिना पौडेल, हेल्थफर लाइफकी स्वास्थ्यकर्मी आशा कोइरालालगायतको स्वास्थ्यकर्मीको समूह परिचालन गरिएको बारपाक स्वास्थ्यचौकी प्रमुख अनिलकुमार साहले बताउनुभयो ।

‘बिरामी भएका गाउँलेहरू स्वास्थ्यचौकी नगई घरमा नै बस्नुभएको रहेछ । पोखरी पुगेर सबै बिरामीको स्वास्थ्य उपचार गरी औषधि दिएका छौँ’ साहले भन्नुभयो । पोखरीका पाँचजना भने विगत १२ दिनदेखि बिरामी थिए ।

मौसमी भाइरलले गर्दा स्थानीयबासिन्दा बिरामी परेका हुन् । पोखरीबाट बारपाक गाउँमा रहेको स्वास्थ्यचौकी पुग्न कम्तिमा तीन घण्टा पैदल हिड्नुपर्छ । ‘पोखरीबाट सौरपानीको रञ्चोकस्थित स्वास्थ्य संस्था जान आधा घण्टामै पुगिन्छ तैपनि पोखरीबासी त्यो स्वास्थ्य संस्था नगई घरमै बस्छन्’ साहले भन्नुभयो, ‘बारपाक आउन टाढा पर्छ ।’

पोखरी गाउँमा ठूलो संख्यामा बिरामी रहे पनि औषधिको भने अभाव नरहेको साहको भनाइ छ । महिनामा एक दिन गाउँघर क्लिनिक र खोप क्लिनिक सञ्चालन गर्ने गरिएको पोखरीमा भवन निर्माण भए पनि स्वास्थ्य संस्था सञ्चालन गर्न सकिएको छैन ।

भूकम्पपछि केयर नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले रु आठ लाखको लगानी गरी दुई कोठे भवन निर्माण गरेपछि दरबन्दी अभावमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याउन सकिएको छैन । पोखरी गाउँका घरघर पुगेर बिरामीको स्वास्थ्य उपचार गरी औषधिसमेत दिएको साहले बताउनुभयो ।

वि.सं.२०७४ मंसिर १८ सोमवार ०३:०४ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...