back
CTIZAN AD

बारपाकको पोखरी गाउँमा ५० जना बिरामी

वि.सं.२०७४ मंसिर १८ सोमवार

753 

shares

१८ मंसिर, गोरखा । गोरखाको बारपाकको पोखरी गाउँमा ५० जनाभन्दा बढी स्थानीयबासिन्दा बिरामी परेका छन् । रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी रोगबाट बालबालिकादेखि वृद्धवृद्धासम्म पीडित छन् ।

बिरामीको स्वास्थ्य उपचारका लागि बारपाक स्वास्थ्य चौकीका अहेव दिवश गोइत, अनमी रबिना पौडेल, हेल्थफर लाइफकी स्वास्थ्यकर्मी आशा कोइरालालगायतको स्वास्थ्यकर्मीको समूह परिचालन गरिएको बारपाक स्वास्थ्यचौकी प्रमुख अनिलकुमार साहले बताउनुभयो ।

‘बिरामी भएका गाउँलेहरू स्वास्थ्यचौकी नगई घरमा नै बस्नुभएको रहेछ । पोखरी पुगेर सबै बिरामीको स्वास्थ्य उपचार गरी औषधि दिएका छौँ’ साहले भन्नुभयो । पोखरीका पाँचजना भने विगत १२ दिनदेखि बिरामी थिए ।

मौसमी भाइरलले गर्दा स्थानीयबासिन्दा बिरामी परेका हुन् । पोखरीबाट बारपाक गाउँमा रहेको स्वास्थ्यचौकी पुग्न कम्तिमा तीन घण्टा पैदल हिड्नुपर्छ । ‘पोखरीबाट सौरपानीको रञ्चोकस्थित स्वास्थ्य संस्था जान आधा घण्टामै पुगिन्छ तैपनि पोखरीबासी त्यो स्वास्थ्य संस्था नगई घरमै बस्छन्’ साहले भन्नुभयो, ‘बारपाक आउन टाढा पर्छ ।’

पोखरी गाउँमा ठूलो संख्यामा बिरामी रहे पनि औषधिको भने अभाव नरहेको साहको भनाइ छ । महिनामा एक दिन गाउँघर क्लिनिक र खोप क्लिनिक सञ्चालन गर्ने गरिएको पोखरीमा भवन निर्माण भए पनि स्वास्थ्य संस्था सञ्चालन गर्न सकिएको छैन ।

भूकम्पपछि केयर नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले रु आठ लाखको लगानी गरी दुई कोठे भवन निर्माण गरेपछि दरबन्दी अभावमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याउन सकिएको छैन । पोखरी गाउँका घरघर पुगेर बिरामीको स्वास्थ्य उपचार गरी औषधिसमेत दिएको साहले बताउनुभयो ।

वि.सं.२०७४ मंसिर १८ सोमवार ०३:०४ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...