
बिजय थापा, अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको बिबाह सम्पन्न भएको छ ।
दिसेम्वर ३ तारिख आईतवारका दिन नायक कोईरालाको लामो समय देखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमलीसँग बिबाह भएको छ । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन ।
उक्त बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदार संग शुभचिन्तक ,साहित्यकार ,समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।
नायक कोईराला गत दुई महिना अगाडी ,सितम्बर ३ तारीखÞ बिबाह गर्ने तय भएको उनले सामाजिक संजालमा लेखेका थिए । बिबाह डिसी महानगर स्थित राजधानी मन्दिरका पण्डित तथा प्रा मोतीलाल शर्माले गराएका हुन् ।
तस्विर : रमेश खनाल