back
CTIZAN AD

सपना खेती !

वि.सं.२०७४ मंसिर १८ सोमवार

867 

shares

dilliram-ammaiसपना ! सुन्दर सपना
फुलैफूलको बगैँचामा
ताजा पानीको फोहरासँगै
आँफू उर्लिरहेको सपना !
उभिएको आधारलाई भावनाभित्र
सुन्दर शब्दहरुले सिँगार्दै
एस म्यानहरुको भैलो टोलीसङ्गै
मुक्तिका भजनहरु भट्याइरहेको
गुलियो कक्टेल सपना !!
नाङ्गाका बस्तिहरुमा
भबिस्यका काल्पनिक कपडा बुन्दै
तामशी नास्तामा
नुनेला समोसा बेच्दै गरेको सपना !!!
थोत्रो कटेरी भित्रबाट
निरसिलो निरासाको आँधिलाई रोक्ने
पिरो यथार्थलाई अनुभविले झैँ
सम्मोहन गरिदिने सपना !!!!
फगत सबैका आ–आफ्नै सपना !
बन्धकी सपना बोकेका
ठेकेदार साहित्यकार !
भरिएको बेलुन जस्तै
समभाव सुन्य लेखक !!
के तिमीलाई थाहा छ ??
गरिवका गासभित्र
कति कथाहरु अड्किएका छन ?
सर्वाङ्ग ति जीवनीभित्र
कति कबिता तैरिएका छन ??
कोही पुगेको छ मन टाल्न बेदनाको
भनिदेउ ए मेरा साहित्यकार !
कबिता कहाँ मर्किएको छ ?
ए लेखक ! भनिदेउ
खेतालाको पसिना–शब्द
शब्दले कस्तो कथा मागेको छ ?
मन बहलाउने रुपक मात्रै
वा रुपकले उद्घोषक ?
शब्दमा रमाउने मन्डली
सपना बाँडेर गुजारा गर्ने
सपनामै रमाउने
सपनाहरु बुनेँर
मम : हिताय शोकान्जली !!

बेल्जियम

वि.सं.२०७४ मंसिर १८ सोमवार ०४:०७ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...