Logo
२७ श्रावण २०७९, शुक्रबार
     Fri Aug 12 2022
E-paper
  English Edition
   Unicode
Logo

पहिरो र बाढीपीडितलाई  खानेपानी र विद्युत् अभाव



१८ मंसिर, बाबियाचौर, म्याग्दी ।  म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका बाढी र २ बँैसरीका पहिरोपीडित बस्दै आएको टहरामा विद्युत् सुविधा नभएपछि अन्धकारमा रात कटाउन बाध्य भएका छन् ।

टहरामा विद्युत् र खानेपानीको प्रमुख समस्या छ । विद्युत् सुविधा नहुँदा छिमेकी गाउँमा गएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता छ । दाताले टहरामा जडान गरेको सोलार टुकीले काम गर्न छाडेपछि उनीहरु मट्टितेलको टुकीको भरमा रात कटाउन बाध्य भएका छन् ।

खानेपानी र विद्युत् अभावमा दैनिक जीवनयापन कष्टकर बनेको पहिरोपीडित भेमबहादुर गर्बुजाले बताउनुभयो । विसं २०७२ जेठ १० गते काफलडाँडाको भिरबाट खसेको पहिरोले भगवतीको बैँसरी गाउँ पुरिँदा २७ परिवार घरबारविहीन भएका थिए ।

यसैगरी २०७३ साल भदौ १७ गते राति बेगखोलामा आएको बाढीले बस्ती बगाएपछि ११ घर विस्थापित भएका थिए । टहरामा बस्दै आएका पहिरो र बाढीपीडितले स्थायी बसोबासको व्यवस्था मिलाउन माग गर्दै आएका छन् । बँैसरीको घर पुरिएपछि पिप्लेको राहुपारेस्थित बेनी–जोमसोम सडकको छेउमा रहेको सामूहिक टहरामा सात घरपरिवार पहिरोपीडित बस्दै आएका छन् । चार घरपरिवार पहिरोले पुरिएको पुरानै ठाउँमा अस्थायी टहरा बनाएर बसेका छन् । केही बेनी, पोखरा गएर कोठा भाडा लिएर बसेका छन् ।

अन्य ठाउँमा घरजग्गा नभएका पीडितलाई अहिले बसोबास गरेकै अथवा नयाँ उपयुक्त ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने उनीहरुको माग छ । बेगखोलाको बाढीले बसोबास गर्दै आएको घरजग्गा बगाएपछि त्यहाँका ११ परिवार स्थानीय एक व्यक्तिको पाखो जग्गामा पालको टहरा हालेर बसेका छन् ।

तत्कालीन अवस्थामा प्रशासन, रेडक्रस र विभिन्न संघसंस्थाले आकस्मिक राहत सामग्री उपलब्ध गराए पनि त्यसपछि कसैले वास्ता नगरेका बाढीपीडित अतिमाया बुढाथोकीले बताउनुभयो । उनीहरुको बसोबासका लागि बेगखोला कल्याणकारी समाज बेलायतले नगदसमेत जुटाएको भए पनि जग्गा अभावमा काम अघि बढ्न सकेको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने सहमति गरेका दलहरुबीच सिट बाँडफाँटमा

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै मुलुक चुनावी विषयले तात्तिएको छ

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको