back
CTIZAN AD

कुवेतमा पहिलो पटक नेपाली उत्पादनको प्रर्दशनी

वि.सं.२०७४ मंसिर १८ सोमवार

816 

shares

nepali-exibation-in-kuwait-2
कुवेतमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको उत्पादनको प्रदर्शन गरिएको कुवेतस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । २९ नोभेम्बरका दिन अन्तर्राष्ट्रिय महिला समूह तथा नेशनल काउन्सिल फर कल्चर, आर्टस एण्ड लेटर्स कुवेतको संयुक्त आयोजनामा ४५ देशको सहभागिता रहेको उक्त प्रदर्शनमा नेपाली उत्पादनहरुको स्टल राखिएको थियो ।

nepali-exibation-in-kuwait-1

अन्तर्राष्ट्रिय महिला समूहको सदस्य तथा कुवेतस्थित नेपाली राजदूतकी धर्मपत्नी रीता हमालले नेपालको तर्फबाट स्टल राखि प्रदर्शनीमा सहभागीता जनाएकी थिइन । स्टलमा नेपाली पस्मिना सल, चिया, कफि, मह, काष्ठकला तथा हस्तकलाका सामाग्रीहरु राखिएको थियो । प्रदर्शनीमा सहभागीहरुले नेपाली उत्पादनहरुको रुचिपूर्वक अवलोकन गरेका थिए । सो अवरमा नेपालको पर्यटकीय आकर्षण झल्कने खालका तस्विरहरु, नक्सा तथा आवश्यक जानकारी गराई कुवेती तथा अन्य विदेशीहरुलाई नेपालको भ्रमण गर्ने निम्तो दिइएको थियो ।

वि.सं.२०७४ मंसिर १८ सोमवार ०५:५९ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...