back
CTIZAN AD

बेनीमा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण कार्य शुरु

वि.सं.२०७४ मंसिर १८ सोमवार

852 

shares

१८ मंसिर, फलेवास, पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजना निर्माण कार्य शुरु भएको छ ।

खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत पर्वत बेनी खानेपानी तथा सरसफाइ आयोजना निर्माण शुरु भएको हो । बढ्दो बस्ती विकाससँगै माथिल्लो क्षेत्रका पानीका मुहान सुक्ने र खानेपानी आपूर्तिको समस्या बढिरहेको अवस्थामा पर्वत बेनीमा सञ्चालित उक्त आयोजनामार्फत नदी किनारको पानी तानेर वितरण गर्ने लक्ष्य राखिएको छ ।

खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय पर्वतका इन्जिनियर विधान अर्यालले विद्युत्को सहायताले चल्ने सम्पवयल प्रविधिको पम्पबाट कालीगण्डकी किनारबाट पानी तानेर बस्ती माथि रहने ट्यांकीमा प्रशोधन गरी वितरण गरिने बताउनुभयो । कालीगण्डकी नदीको दायाँ किनारमा रहेको जुगेपानीको मुहानबाट तानेर १५० मिटर माथि रहने ट्याङ्कीमा पु¥याइने पानी चार चरणमा प्रशोधन गरी वितरण गरिने इन्जिनियर अर्यालले बताउनुभयो ।

सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको ३० प्रतिशत श्रम तथा नगद लगानीमा निर्माण हुने आयोजनाबाट जलजला गाउँपालिका–२, ३ र ४ नं वडामा पर्ने बगरफाँट, पर्वत बेनी र लामाखेतका करिब एक हजार घरधुरी लाभान्वित हुने पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताउनुभयो । आगामी पुसपछि आबद्ध हुने सदस्यलाई रु २० हजारका दरले शुल्क लिने संस्थाले निर्णय गरेको छ । प्रत्येक घरमा मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गर्ने लक्ष्य राखिएको आयोजना विसं २०७६ असार सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिसेकेण्ड १२ लिटर पानी तान्ने क्षमताको पम्प जडान गरिने जनाइएको छ । मुहानमा इनार, पम्पिङ हाउस लगायतका पूर्वाधारसमेत निर्माण गर्ने तयारी भएको उपभोक्ता संस्थाका सचिव ठाकुर रेग्मीले बताउनुभयो ।

वि.सं.२०७४ मंसिर १८ सोमवार ०६:०० मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...