back
CTIZAN AD

माइक्रोबस दुर्घटनामा एकको मृत्यु, चार घाइते

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

777 

shares

 accident२२ मंसिर, बेसीशहर, लमजुङ । सदरमुकाम बेसीशहरमा बिहीबार साँझ भएको माइक्रोबस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

काठमाडौँबाट बेसीशहर आउँदै गरेको ग १ ख २४७६ नंको माइक्रोबस बेसीशहरबजारको पुरानो बैंकचोकमा दुर्घटना हुँदा क्वहोला सोथार–४, भुजुङकी श्रीकुमारी गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी गुरुङलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेमध्ये चितवनकी ममता गुरुङलाई उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेमध्ये रोशन गुरुङ, अञ्जली घले र दीक्षा घलेको सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।

तीव्रगतिमा बेसीशहर बजारमा हुइँकिएको माइक्रोबसले बजारमा हिँडिरहेकालाई एक्कासि ठक्कर दिएको थियो । माइक्रो चालक दुर्घटनापछि फरार रहेको र निजको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०५:५४ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...