२२ मंसिर, काठमाडौं । म्याग्दी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा भुपेन्द्र बहादुर थापा विजयी भएका छन् ।
थपाले २३ हजार ३०८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार खम्बीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरेका थिए ।
विजयी भएपछि थापाले क्षेत्र नं १ का मतदाताले प्रदान गरेको विश्वासको मतको सदैव उच्च सम्मान गर्ने बताउँदै जिल्लावासीको सेवा, हित र विकासका लागि प्रतिबद्ध रहने विश्वास समेत व्यक्त गरेका छन् ।
वि.सं.२०७४ मंसिर २२ शुक्रवार १०:०० मा प्रकाशित