back

नेपाल आइडल र होस्टहरु अभियानको सांस्कृतिक दूत

वि.सं.२०७४ मंसिर २३ शनिवार

342 

shares
IME Limited
NTC AD

paryatan-doot-in-australia-1

सानु घिमिरे, जिलोङ, अस्ट्रेलिया । अस्ट्रेलियाको जिलोङमा आयोजित एक कार्यक्रमका बीच नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र प्रमिला राई र नेपाल आइडल होस्ट सुशिल नेपाल लुम्बिनी कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त भएका छन । अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले नेपालबाट आएका सबै कलाकारहरु र मेलबर्न कार्यक्रमका आयोजक बिभुषण जोशीलाई खादा ओडाएर स्वागत गरेपस्चात पाँच जनालाई अभियानको सांस्कृतिक दूतको नियुक्तिको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

यसअघि अभियानले पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्ड, पूर्वमन्त्री एबं पूर्व राजदूत दीपकुमार उपाध्याय र पूर्व राजदूत कमलप्रशाद कोइरालालाई सम्मान, राष्ट्रिय स्तरका कलाकारहरु मनोज गजुरेल, प्रेमराजा महत, जीवन शर्मा, बद्री पंगेनी, प्रमोद खरेल, धिरज राई, कोमल ओली, मीना लामा, सुनिता दुलाल, सुस्मा अधिकारी, रेखा थापा आदिलाई सांस्कृतिक दूत र भिक्षु मगर, वरिष्ठ पत्रकार चेतन पन्त, हरी श्रेष्ठ र सरोज अर्याललाई अभियानको शान्ति दूतको रुपमा नियुक्त गरिसकेको छ् ।

त्यसैगरी निलेश अधिकारी पर्यटन, श्रीकुमार श्रेष्ठ शिक्षक, किशोर कुइंकेल स्काउट विद्यार्थी, अल्फा श्रेष्ठ पर्यावरण विद्यार्थी, सविता भट्ट कलेज स्टुडेन्ट दूत, आर्य पोखरेल विद्यार्थी दूत र सुनिता बस्नेत दूतको रुपमा नियुक्त भैसकेका छन । डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरलाई अभियानको “लुम्बिनी वालिका शान्ति दूत” को रुपमा नियुक्त गरिएको छ ।

paryatan-doot-in-australia-2

त्यसैगरी मिस वोर्ल्ड अस्ट्रेलिया न्यासनल फाइनालिस्ट राशी कपूर, मिस श्री लंका अस्ट्रेलियाका कार्यकारी साभ जैनुदिन, मिस श्री लंका अस्ट्रेलियाका २०१५ का मिस फोटोग्राफिक सारा लियान्जे, अस९लंका बिजिनेस काउन्सिलका अध्यक्ष एबं मिस श्री लंका अस्ट्रेलियाका कार्यकारी निर्देशक डिल्की पेरेरा, ब्राड क्लार्क, ग्राएम केण्टलाई फ्रेण्ड्स अपह नेपालको रुपमा नियुक्त गरिसकेको छ ।  अभियानले फरक फरक कार्यक्रमका बीच छोटो समयको जानकारीका कारण कार्यक्रममा उपस्थिति जनाउन असमर्थ छायाँ सहायक मन्त्री आन्ड्र्यु काटोस, फेडेरल सांसद सेरा हेण्डर्सन र सांसद क्रिस्चिन कोउजिन्सले अभियानका राजदूतको रुपमा नियुक्त हुन गएका सबैप्रति शुभेच्छा सन्देश पठाउनु भएका थिए । कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबैलाई विस्व संयोजक श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो । कलाकारहरुको सम्मानको लागि ब्लु माउण्टेन इण्डियन रेस्टुरेन्ट ओसनग्रोभको योगदान रहेको थियो ।

वि.सं.२०७४ मंसिर २३ शनिवार ०५:१९ मा प्रकाशित

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...