back
CTIZAN AD

सोलुखुम्बुमा बाम गठबन्धनको जित, पूर्वमन्त्रीलाई हराउँदै विजयी बने राई

वि.सं.२०७४ मंसिर २३ शनिवार

741 

shares

hem-rai२३ मंसिर, काठमाडौं । सोलुखुम्बुमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बल बहादुर केसीलाई हराउँदै बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हेम कुमार राई प्रतिनिधिसभा सदस्यमा विजयी बनेका छन् ।

राईले २० हजार ९१२ मत ल्याएर विजयी बनेका छन् भने केसीले १७ हजार ७४५ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश सभा ‘क’ मा पनि वाम गठबन्धनकै उम्मेदवार उत्तम कुमार बस्नेत विजयी बनेका छन् । उनले १० हजार ६६७ मत ल्याएर विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाश सिंह कार्की ८ हजार ८४६ मत ल्याएका छन् ।

त्यस्तै प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका नेता बुद्धिकुमार राजभडारी १० हजार ३८७ मत ल्याएर विजयी बनेका छन् भने नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति समेत रहेका आङगेलु शेर्पाले ७ हजार ९२९ मत प्राप्त गरेका छन् ।

वि.सं.२०७४ मंसिर २३ शनिवार ०५:०२ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...