२३ मंसिर, काठमाडौं । सोलुखुम्बुमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बल बहादुर केसीलाई हराउँदै बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हेम कुमार राई प्रतिनिधिसभा सदस्यमा विजयी बनेका छन् ।
राईले २० हजार ९१२ मत ल्याएर विजयी बनेका छन् भने केसीले १७ हजार ७४५ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश सभा ‘क’ मा पनि वाम गठबन्धनकै उम्मेदवार उत्तम कुमार बस्नेत विजयी बनेका छन् । उनले १० हजार ६६७ मत ल्याएर विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाश सिंह कार्की ८ हजार ८४६ मत ल्याएका छन् ।
त्यस्तै प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका नेता बुद्धिकुमार राजभडारी १० हजार ३८७ मत ल्याएर विजयी बनेका छन् भने नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति समेत रहेका आङगेलु शेर्पाले ७ हजार ९२९ मत प्राप्त गरेका छन् ।
वि.सं.२०७४ मंसिर २३ शनिवार ०५:०२ मा प्रकाशित