
२३ मंसिर, चरिकोट । प्रतिनिधिबसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले सबै स्थानमा विजयी भएका छन् ।
प्रतिनिधिसभा एक र प्रदेशसभा दुई स्थानका लागि भएको निर्वाचनमा नेकपा (एमाले) का पार्वत गुरुङ ५५ हजार ९५४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रदेशसभा सदस्य (क) मा नेकपा (माओवादी केन्द्र) का विशाल खड्काले २८ हजार ३५० मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गर्नुभयो ।
प्रदेशसभा सदस्य (ख) मा एमालेका पशुपति चौलागाईंले २३ हजार ५८ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशजराज चौलागाईंले १० हजार ८८० मत प्राप्त गर्नुभयो ।
वि.सं.२०७४ मंसिर २३ शनिवार १०:५२ मा प्रकाशित