back
CTIZAN AD

बैतडीका तीन सिट नै वाम गठबन्धनको पोल्टामा

वि.सं.२०७४ मंसिर २३ शनिवार

750 

shares

baitadi1२३ मंसिर, बैतडी । प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीका सबै क्षेत्रमा वाम गठबन्धनले जित हात पारेको छ ।

प्रतिनिधिसभामा नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारी विजयी हुनुभएको छ, भने प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र) का पे्रमप्रकाश भट्ट र प्रदेशसभा –ख) मा नेकपा (एमाले) का लीलाधर भट्ट विजयी हुनुभएको छ ।

एमालेका दामोदर भण्डारी ३९ हजार ५२४ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरबहादुर चन्दले २८ हजार २९१ मत प्राप्त गर्नुभयो ।

प्रदेश ‘क’ मा माओवादी केन्द्रका प्रेमप्रकास भट्टले १८ हजार ९३ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मत प्राप्त गर्नुभयो ।

यस्तै, प्रदेश ‘ख’ मा एमालेका लीलाधर भट्ट २० हजार ३१८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दले १५ हजार २४७ मत प्राप्त गर्नुभयो ।

एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १२ जना उम्मेदवार चुनावी प्रतिस्प्रर्धामा रहेका थिए ।

वि.सं.२०७४ मंसिर २३ शनिवार १०:३३ मा प्रकाशित

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...