
२३ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यमा राजपाका नेता अनिल झाले अग्रस्थान हासिल गरेका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) बाट रौतहट क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका झाले १७ हजार ४५६ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेपाली कांग्रेसका यादवले १२ हजार ५७८ मत ल्याएर झालाई पछ्याइरहेका छन् । साथै वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका सत्यनारायण भगतले ९ हजार २४३ मत ल्याएर तेश्रो स्थानमा रहेका छन् ।
वि.सं.२०७४ मंसिर २३ शनिवार १०:१९ मा प्रकाशित