back
CTIZAN AD

चितवन–२ बाट एमालेका पोखरेल विजयी

वि.सं.२०७४ मंसिर २४ आइतवार

651 

shares

 krishna-bhakta-pokharel

२४ मंसिर, चितवन  : जिल्लामा जारी मतगणनाको आज साँझ जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेल विजयी हुनुभएको छ । पोखरेलले ४४ हजार ६७० प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत प्राप्त गर्नुभएको छ । पोखरेलले १७ हजार ३५७ मतान्तरले अधिकारीलाई पराजित गर्नुभएको हो ।

जिल्लाका ६ प्रदेशसभामध्ये चार स्थानमा यसअघि नै वाम गठबन्धनका उम्मेदवार विजयी भइसक्नुभएको छ भने अन्य दुई ठाउँको मतगणना जारी रहेको छ । प्रतिनिधिसभातर्फ जिल्लाको क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेकाका राजेन्द्र बुर्लाकोटीले पछ्याइरहनुभएको छ ।

साँझ ६ बजेसम्म पाण्डेले ३२ हजार ०४९ मत र बुर्लाकोटीले २२ हजार ७९८ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख १९ हजार ९९८ मतदाता रहेकामा ८९ हजार ७४६ मत खसेको थियो । साँझ ६ बजेसम्म ५६ हजार ९८७ मत गणना भएको छ ।

यसैगरी क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पछ्याइरहनुभएको छ । साँझ ६ बजेसम्म दाहालले २२ हजार २०३ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले १७ हजार १५८ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ । साँझ ६ बजेसम्म ४० हजार ७२४ मत गणना भइसकेको छ ।

वि.सं.२०७४ मंसिर २४ आइतवार १४:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...