back

चितवन–२ बाट एमालेका पोखरेल विजयी

वि.सं.२०७४ मंसिर २४ आइतवार

345 

shares
IME Limited
NTC AD

 krishna-bhakta-pokharel

२४ मंसिर, चितवन  : जिल्लामा जारी मतगणनाको आज साँझ जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेल विजयी हुनुभएको छ । पोखरेलले ४४ हजार ६७० प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत प्राप्त गर्नुभएको छ । पोखरेलले १७ हजार ३५७ मतान्तरले अधिकारीलाई पराजित गर्नुभएको हो ।

जिल्लाका ६ प्रदेशसभामध्ये चार स्थानमा यसअघि नै वाम गठबन्धनका उम्मेदवार विजयी भइसक्नुभएको छ भने अन्य दुई ठाउँको मतगणना जारी रहेको छ । प्रतिनिधिसभातर्फ जिल्लाको क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेकाका राजेन्द्र बुर्लाकोटीले पछ्याइरहनुभएको छ ।

साँझ ६ बजेसम्म पाण्डेले ३२ हजार ०४९ मत र बुर्लाकोटीले २२ हजार ७९८ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख १९ हजार ९९८ मतदाता रहेकामा ८९ हजार ७४६ मत खसेको थियो । साँझ ६ बजेसम्म ५६ हजार ९८७ मत गणना भएको छ ।

यसैगरी क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पछ्याइरहनुभएको छ । साँझ ६ बजेसम्म दाहालले २२ हजार २०३ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले १७ हजार १५८ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ । साँझ ६ बजेसम्म ४० हजार ७२४ मत गणना भइसकेको छ ।

वि.सं.२०७४ मंसिर २४ आइतवार १४:०९ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...