back
CTIZAN AD

सुनसरी क्षेत्र नं १ मा जयराईले हराए अशोक राईलाई

वि.सं.२०७४ मंसिर २५ सोमवार

816 

shares

jaya-kumar-rai२५ मंसिर, काठमाडौं । सुनसरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई विजयी भएका छन् ।
आइतबार राति १० बजे सार्वजनिक भएको मतपरिणामअनुसार उनले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार भएका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई २२ हजार ४०५ मतले पराजित गर्दै विजयी भएका हुन् । एमालेका उम्मेदवार जयकुमारले ४४ हजार ५२८ मत ल्याएर विजयी हुँदा अशोक राईले २२ हजार १२३ मत प्राप्त गरे ।

त्यस्तै सुनसरी सुनसरी क्षेत्र २ (क) मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार सर्वध्वज सावाँ लिम्बू विजयी भएका छन् ।
आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २४ हजार ६७४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमकर्ण पौडेलले १९ हजार २४५ मत प्राप्त गरे ।
त्यस्तै प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भीम आचार्य विजयी भएका छन् ।
आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २० हजार २११ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बुद्धि कटुवालले १२ हजार ९६४ मत प्राप्त गरे ।
सुनसरी ३ को (क) मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार लिलाम बस्नेत विजयी भएका छन् ।
उनले १९ हजार ६६५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुमारजंग थापाले १७ हजार ६८१ मत प्राप्त गरे ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०४:३३ मा प्रकाशित

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि राष्ट्रिय विपद् जोखिम...