back
CTIZAN AD

देउवाको घन्टी हैन घण्टा बजाइदै छ अरे !

वि.सं.२०७४ मंसिर २५ सोमवार

777 

shares

dilliram-ammai

डिल्लीराम अम्माई / बेल्जियम

“चुनाब त आयो, एक सुनामी बनेर आयो । बामपन्थीका लागि एकछिनको खुशी बनेर आयो, भोलिको लागि थामी नसक्नु भारि, आशै आशाको भुमरी, आँशु र बेदनाको निबेदन बनेर आयो । एकथरीलाई हाइ सन्चो भो अब, होस्टलमा बसेर सेकुवा खाँदै बिद्रोही कबिता कोर्दै बसे भो तर अर्को थरीलाई यो चुनाब अजिङ्गरको मुखभित्रको आहारा बनेर आयो । यो पटकको चुनाब त सुनामी बनेर आयो ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट त्यहि सुनामिमा परेर बगरमा मिल्क्याइए । दुई प्रतिनिधि र चार प्रदेश सभा रहेको नुवाकोट बाम गठबन्धनको कब्जामा पर्यो भने केसी र महत परिवार केन्द्रित नुवाकोटे काँग्रेसको खानदानी राजनीति यो पटकको चुनाबी सुनामीले समाप्त पारिदियो ।

लोकतान्त्रिक गठबन्धनमा रुवाबासी चलेको छ । त्यसमा पनि चुनाबी सुनामीले पल्टाएर घाइते बनेकाहरुको बिलौनाले ‘समबेदनामा  मुलुककै झण्डा झुकाउनु पर्ने” होकी भन्ने हाँस्य तर्क सुनिन थालेका छन् ।  काँग्रेससंगकै गठबन्धनका कारण अन्य उमेद्वारसंगै राप्रपाका अध्यक्ष थापा पराजित भएको खबर केन्द्रीय सदस्य एवं सह प्रवक्ता मोहन श्रेष्ठले रुँदै ट्विट गरेको कुरा अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

‘राप्रपा अध्यक्ष कमल थापाको पराजयले स्तब्ध छु, अन्तर्घातमा माहिर, सर्वत्र आलोचित र अलोकप्रिय कांग्रेससंगको गठबन्धन भारी पर्न गयो’, श्रेष्ठले ट्विट गर्दै भनेका छन्।  ‘तर हामी विचलित हुन्नौं/छैनौं । स्पष्ट विचार, दृढ नेतृत्व र सांगठनिक शुद्धताको बलमा फेरि उठ्नेछौं । राप्रपाको समाप्ती चाहनेको रहर पूरा हुन दिन्नौं,’ उनको बिलौनामा आशा र सान्त्वना पनि छ । यसरी यो चुनाबी सुनामीले धेरैको गास संगै सरकारी बास पनि लुटेको छ । जसले त्यो सुबिधा भोगे त्यसलाई मात्र छुट्दाको पिडा र आहतबारे आघातको विक्षिप्तता महशुस हुन्छ ।

यो चुनाबी सुनामिभित्र कस्ता कस्ता प्रवृति मिसमास र कक्टेल भए भन्ने मुस्किल छ । प्रवृतिगत रुपमा भन्दा गुम्बाको पाला मस्जितमा र चर्चको क्रस पशुपतिमा देख्न पाईयो । सुनामीले घाल्येघुल्ये पारिदियो सबै । झापामा  लिङदेनको विजय जुलुसमा बाम पार्टी समर्थकहरु सहभागी भएर राष्ट्रिय गीत बजाइयो । एमाले र माओवादीका झन्डा पनि फहराइए ।  तर चितवनका कांग्रेशहरुले चुनाब प्रचारमा हलो नै बोकेर भोट माग्न लाज मानेनन् ।

गोरखामा नारायण काजि र बर्दियामा बामदेब गौतमको हारले बाम गठबन्धन भित्र र बाहिर फेरी आशंका सहितको नमिठो रोइलो थपिदिएको छ । बर्दियाबाट उठेका बाम एकताका सूत्राधार बामदेब गौतम र नारायण काजीलाई संगठनको कार्यबाहक दिन र एकता पछि बरियताको बिबाद मिलाउनको लागि पार्टी अध्यक्ष द्वयबाट नै हराइयो भन्ने एकथरिको आरोप छ

मनाङ्गमा गुण्डा नायकलाई सुनामीको गोबर -गहुँतले लाल र लायक बनायो भने सुनामिमा नोक्सानी बेहोरेका अर्का नायक पनि काभ्रेतिर हल्ली रहेका छन । त्यस्तै वारेस मार्फत उम्मेद्वारी दर्ता गराएका टिकापुर हत्याकाण्डका नायक रेशमलाल चौधरी कैलाली-१ को चुनाबमा निकटतम प्रतिद्वन्द्वी भन्दा चार गुणा मतले अगाडि बढेका छन्। उनलाई चुनाबी महासमरमा भाग लिन कसरि दिइयो ? जोकी उनको अपराध विचाराधीन छ र उनि हत्याका आरोपी हुन् , प्रहरीले पक्राउ पुर्जी जारि गरिसकेको अवस्था छ । यो पटकको चुनाबी सुनामीले यस्ता प्रश्नहरु असरल्ल पारेको छ ।

नेपालै भारी रमिता छ चुनाबी सुनामीको । प्रधानमन्त्री पत्नी लगायत नेपाल भरिबाट उठेका सबै राणाका सन्तानहरुको चुनाबी सुनामीले उठिबास लगाएको छ ।

प्रधानमन्त्रि पत्नी आरजु राणालाई हराएका बाम गठवन्धन (एमाले)का उम्मेदवार नागरदमुनी रानाले दुइटै श्रीमतीलाई दायाँबायाँ राखेर प्रसाद ग्रहणसंगै जितको माला पहिरिएका छन् र बिजयको गीत गाएका छन् । त्यो रमिता हेर्न नसकेर कतिपय अर्को गठबन्धनका प्रचारकहरुबीच रुवाबासी चलेको हल्ला पनि सामाजिक संजालसम्म आइपुग्यो ।

थाहा भएकै कुरा हो ,नारदमुनी राना २०६४ सालमा नेकपा एमालेको तर्फबाट समानुपतिक तर्फका सभासद थिए । रातो पासपोर्ट दुरुपयाेग गरेको आरोप लागेका रानालाई पछि अदालतले सफाई दिएको थियो ।

som-pande

गोरखामा नारायण काजि र बर्दियामा बामदेब गौतमको हारले बाम गठबन्धन भित्र र बाहिर फेरी आशंका सहितको नमिठो रोइलो थपिदिएको छ । बर्दियाबाट उठेका बाम एकताका सूत्राधार बामदेब गौतम र नारायण काजीलाई संगठनको कार्यबाहक दिन र एकता पछि बरियताको बिबाद मिलाउनको लागि पार्टी अध्यक्ष द्वयबाट नै हराइयो भन्ने एकथरिको आरोप छ भने अर्को थरीले आरोप लगाएका छन् कि ” उनि बर्दियाको चुनाबी क्षेत्रलाई बिगतमा फाइदाको लागि मात्र प्रयोग गरे  ।  यसअघि बर्दिया क्षेत्र नम्बर १ बाट र प्यूठानबाट पनि निर्वाचन जितेका थिए। त्यतिबेला एउटा क्षेत्र छोड्नु पर्दा बर्दिया छोडे र प्युठान रोजेका कारण उनीसँग  बर्दियाली जनताहरु ब्यापक रुपमा  रुष्ट थिए। यो उनलाई सजाए हो । ‘

चुनाब अगाडीको सर्वेक्षणलाई नियाल्दा ,उपाध्यक्ष गौतमले बर्दियामा कुनै पनि विकासका काम नगरेको आरोप चुनावी प्रचारमा खेप्दै आएको देखियो । असन्तुष्टिको अर्को मसला उनका छोरा र श्रीमतीलाई उमेद्वार बनाइनु पनि हो ।  गौतमले सुरुमा छोरा हरिश गौतमलाई उम्मेदवार बनाउन चाहेका थिए। त्यतिबेला कार्यकर्ताले तीब्र असन्तुष्टि जनाए । झन् पत्नी तुल्सा थापालाई सामानुपातिक नाम पारेपछि बर्दिया एमालेमा असन्तुष्टि चुलियो, त्यो नै चुनाबी हारको प्रमुख कारण हो, भन्नेहरुको बर्दियामा बाहुल्यता देखिन्छ ।

त्यो क्षेत्रको अबलोकन गर्दा बाम देबले हार्नु पर्ने अन्य कारण छैन । उनको क्षेत्रको कुरा गर्दा बराबर्दिया,बासगढी, बढैयाताल नगरपालिकाको मेयरमा वाम गठबन्धनले जितेको थियो। कांग्रेसका गौतमले जितेको प्रतिनिधि सभा क्षेत्र नं. १ मा वाम गठबन्धनको स्थानीय तहमा राम्रो पकड भएको क्षेत्र हो । चारै वटै स्थानीय तह रहेको प्रतिनिधिसभा १ मा वाम गठबन्धनको पकड क्षेत्र मानिन्छ । स्थानीय तहको मतपरिणाम जोड्दा २८ हजार मतले वामगठबन्धन अघि थियो।

गृहनगर गुलरिया नगरपालिकामा कांग्रेसका सञ्जयले २ हजार ८ सय ९३  मतले उपाध्यक्ष गौतमलाई पछाडि पारेका थिए। यसैगरी गृहनगर नगरपालिकामा पाएको मत जोगाउँदै माओवादी केन्द्रको पकड रहेको वारबर्दिया क्षेत्रमा काँग्रेसका गौतम विजयी भएका थिए।

बढैया ताल गाउँपालिकाबाट १५ सय मतले अगाडि रहेका वामदेव गौतमले गृह नगर रहेको बाँसगढी पनि नगरपालिकामा कम मत प्राप्त गरेका थिए । बारबर्दिया नगरपालिकामा उनले अग्रता लिने विश्वास वाम गठबन्धनले गरेको भएपनि उनीप्रति असन्तुष्ट कार्यकर्ताले मत नदिएको स्थानीयको विश्लेषण छ। वामगठबन्धन हावी भएको ठाउँमा दुई गौतमबीच जित हार झिनो मत भएपनि त्यो बाम आधार क्षेत्रको जीतलाई  कांग्रसले ऐतिहासिक विजय ठानेकोे छ।

बामदेबले हारको आरोप अरुलाई लगाउनु पुर्व आत्मा समिक्षा गर्नु पर्ने जरुरी देखिन्छ । त्यसपछि मात्र बाम आधार क्षेत्रमा अन्य हारका कारणबारे समिक्षा गरे त्यो सतही हुने छैन । एकताका दुवै सूत्राधार हराउनुमा कतै यो एकताबाट असन्तुष्ट भारत वा उसका अनुसन्धान निकायहरुको हात त छैन ? यो आशंका गर्न लायक अर्को गम्भीर प्रश्न हो । तर आफ्नै नेताहरुले बरियताको उल्झन मिलाउनको लागि आफ्ना निकटतम सहयोगीलाई हराए भनेर एकतामा औंशा पार्न खोज्नु त्यति उत्पादक र सान्दर्भिक देखिन्न ।

jitयो त भयो जित्ने गठबन्धन भित्रको मुख्य आशंका र खिचलो । तर कांग्रेश भित्रको रोइलोले देउपालाई गम्भीर आरोप सहित अध्यक्षबाट मिल्क्याउने जोखाना हेर्दै छ । उनीहरुको आरोप छ ,-न देउपा विचारमा प्रष्ट छन्, न कामका तरिकामा। ‘चान्स’ मा बढी र ‘च्वाइस’ मा कम, यीनको समय बितेको छ। यस पटकको निर्वाचनमा कांग्रेसको दुर्घटना पनि यीनकै कारण भएको हो। जसले ज्योतीषका भरमा मात्र सात पटक देशको प्रधानमन्त्री हुने सपना देख्छ, ऊ ‘सिम्पल’ रुपमा राजनीतक ‘लद्धु’ पात्र मात्र हो। यो आवाज कांग्रेश भित्र गुन्जी रहेको मात्र छैन चर्की सकेको छ । कांग्रेशभित्र उनलाई हटाउने अभियान शुरु भैसकेका स्वरहरु बाहिरिदै छन ।

शुत्रका अनुशार नेपाली कांग्रेश भित्र त अब पार्टीलाई बिशेस महाधिवेसनमा लैजान हस्ताक्षर अभियानबारे कुरा चलिसकेको छ । देउपालाई अध्यक्षबाट मिल्क्याउन फलाम तातेको अवस्थामा हिर्क्याउनु पर्छ, भन्न थालिएको छ  । हिन्दुवादी कांग्रेशहरुले पार्टी पुरानो अडान अर्थात १२ बुदे पुर्वको अधानमा लाने चर्को तयारी गरिरहेका संकेतहरु सजिलै देख्न सकिन्छ  । देउपाको सट्टामा शशाङ्क कोइराला अध्यक्षका लागि तयार गरिंदै छ । अभियानको नेतृत्व अब चाहेर वा नचाहेर रामचन्द्रलाई गर्न बाध्य पारिने देखिन्छ । कांग्रेशमा अब चुनाबी सुनामी पछि अर्को सुनामी शुरु हुन्छ । उनीहरु भन्दैछन,”निधि र सिटौलाको सिङ्ग अन्तर्घात मार्फत भाचियो । गणतन्त्र पक्षधर सबैमाथि अब क्रमश आक्रमण हुन्छ ।” खुम बहादुरहरुले यसको लागि अभियान शुरु गरिसकेका छन ।

हो, ओलीले ठ्याक्कै यही लय पक्रीए । उनी नेपाली जनजीवनका भाषा सबैले बुझ्ने गरी ठेट रुपमा बोल्छन्। खरो रुपमा बोल्छन् र सपनाको कुरा गर्छन्, आशाको कुरा गर्छन् र खरै रुपमा प्रगतिका कुरा गर्छन्। बस, एउटा निराश समाजलाई चाहिने र गति दिने  तत्व यिनै हुन्।

अहिले नेपाली राजनैतिक मैदानमा देखिएका ससक्त र चलाख पात्रहरुबारे नेपाल र नेपालीको भबिष्य जोडिएको अर्काथरीको कुरो छ । ति महशुर राजनैतिक रणनीतिकारहरूबारे थोरै तथ्य राख्नु सान्दर्भिक नै होला । यो चुनाब पछि नेपालको भविष्यका सर्वाधिक चासोपूर्वक हेरिएका पात्र  मध्ये एउटा एमाले अध्यक्ष केपी ओली हुन् । ओली नेपाली राजनीतिका यस्ता चलाख पात्र हुन्, जसले तरिका मिलाइ मिलाइ आफु र आफ्नो पार्टीलाई आज यो उचाइमा ल्याइपुर्याए। भनिन्छ उनले नेपाली जनताको मनोविज्ञानलाई राम्ररी बुझेका छन् र त्यो मनोविज्ञानलाई प्रभावित गर्ने तरिकाहरु उनलाई राम्ररी थाहा छ।

नेपाली मनोविज्ञान भनेको सोझो हिसाबमा भन्दा– आशामा बाँच्ने, हिजो राती देखेको सपनाको भरमा आजको दिनको हिसाब किताब गर्ने र आफ्ना जीवन र चाहनासँग जोडिएका खरा कुरा मनपराउने मनोविज्ञान हो।

हो, ओलीले ठ्याक्कै यही लय पक्रीए । उनी नेपाली जनजीवनका भाषा सबैले बुझ्ने गरी ठेट रुपमा बोल्छन्। खरो रुपमा बोल्छन् र सपनाको कुरा गर्छन्, आशाको कुरा गर्छन् र खरै रुपमा प्रगतिका कुरा गर्छन्। बस, एउटा निराश समाजलाई चाहिने र गति दिने  तत्व यिनै हुन्।

भने जस्तै होस् वा नहोस्, गति दिइरहनु मात्रै पनि ठूलो कुरा हो। जस्तो कि व्यापारमा नाफा नभएपनि पैसाको कारोबारको मात्राले ठूलो अर्थ राख्छ। पैसाको कारोबारको मात्राले व्यापारलाई गति दिन्छ। ओलीले सधैं राजनैतिक आशारुपी कारोबारको मात्रालाई बढाउने काम गरे। नाफा घाटाको हिसाब किताब त इतिहाँसमा हुँदैगर्छ।

उनी जस्तै प्रचण्ड पनि समकालीन नेपाली राजनीतिका सबैभन्दा सक्रिय  ‘टयाक्टिकल’ चलाख पात्र हुन्। वालिकै भाषामा भन्दा डाइनामिक र देउपाको भाषामा भन्नु पर्दा राजनेतामा हुनुपर्ने सम्पूर्ण गुण भएका नेता ।

parbat-umedbar

नेपालमा राजतन्त्र खत्तम गरेर गणतन्त्र ल्याउनु उनको एजेण्डा थियो, ल्याए। तिन ठुला पार्टीहरुलाई आफ्नो एजेन्डामा सहमति गराएर आँफुसंगै लतारिरहे । बैद्य, बिप्लव र बाबुराम भट्टराई समेत छिन्नभिन्न भएपछि त प्रचण्ड करीब करीब सिद्धिने अवस्थामा देखिए। आफ्नो एजेण्डा पनि अलपत्र , आफ्ना मान्छे पनि छैनन्। तर कहिल्यै बिचलित भएनन् । स्थानिय चुनाबमा पार्टीलाई संजीवनी दिएर तेश्रो बनाउन सफल भए ।  तत् पश्यात बाम एकताको महाअभियानमा लागे र अहिलेको सुनामी ल्याउने एक हिस्साको दृढतापुर्वक नेतृत्व गरे । प्रचण्ड, यसकारण नेपाली राजनीतिका चलाख पात्र हुन् कि उनलाई कतिबेला कोसँग कार्यगत एकताले जोड्नुपर्छ भन्ने थाहा छ।

आफुलाई बचाउनलाई मान्छे तान्द्रोको सहारा समेत छोड्दैन, प्रचण्डले त सिंगो कम्युनिष्ट आन्दोलन एककृत बनाउने बलियो लठ्ठै भेटे। तान्द्रो भन्दा लठ्ठो बलियो हुन्छ भनेर छुट्टयाउने खुबी निश्चयनै प्रचण्डमा छ। त्यही खुबी प्रयोग गरेर भिरबाट खसिसकेका प्रचण्ड र पार्टीको शाख सहित फेरि माथी उत्रिएका छन् । देश र पार्टीलाई संकटबाट बचाउन सक्ने नेता नै बास्तबिक नेता हो । हत्या हिंसाको कालखण्डलाई छोडेर मुल्यांकन गर्दा पनि त्यो खुबी प्रचण्डमा क्रमश देखिदै पनि छ ।

अन्त्यमा भन्नु पर्दा भिन्नभिन्न खुबी भएका प्रचण्ड र वलीको देश र जनता प्रति कर्तब्य परायणता रह्यो भने देशले राजनैतिक स्थाइत्व, सन्तुलित विदेश नीति  सहित आर्थिक समृधिको पथमा नेपाल र नेपालीलाई अगाडी बढाउने सामर्थ्य राख्न सक्ने आशा गर्न सकिन्छ ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०५:०८ मा प्रकाशित