
२६ मंसिर, एजेन्सी । यो सिजनको च्याम्पियनस लिगको अन्तिम १६ निकै रोमान्चक हुने पक्का भउको छ । युरोपेली फुटबलमा प्रभाव जमाईरहेका हस्ती क्लबहरुले नै एक अर्कालाई प्रतिद्वन्द्धी पाएसँगै उपाधि होड निकै रोमान्चक हुने भएको हो । नक आउट चरण अन्र्तगतको ये खेलमा होम र अवे अनुसा दुई खेल खेलाईनेछ जसअनुसार दुवै खेलमा समग्रमा विजयी हुने टोलीले क्वार्टर फाईनलको यात्रा तय गर्ने छ ।
पिएसजी भर्सेज रियल म्याड्रिड
यो सिजनको सबै भन्दा रोचक ड्र को रुपमा लिएको यी दुई क्लब मध्ये एक क्लबले यो सिजनको च्याम्पियन्स लिगको यात्रा अन्तिम १६ बाट नै टुंगाउनेछन् । विगत २ संस्करण देखि निरन्तर चयाम्पियनस लिगको उपाधि जित्दै आएको रियल र यो सिजन निकै स्टार खेलाडी भित्राएर चर्चामा आएको यो खेल निकै रोचक हुने अनुमान गरिएको छ । किर्तीमानी मूल्यमा पिएसजी पुगेका नेयमार तथा अर्को किशोर खेलाडी एम्बेप्पे तथा एडिन्सन काभानीको निकै उत्कृष्ट फर्मले पिएसजीलाई यो सिजनको च्याम्पियन्स लिगको बलियो दाबेदारको रुपमा हेरिदै आएको छ । उता निरन्तर दुई पटक उपाधि जितेर सनसनी मच्चाएको रियललाई पनि प्रतियोगिताको स्वभाविक दाबेदार मान्न सकिन्छ । यी दुई क्लब बीचको खेलले प्रतियोगितामा निकै ठुलो तरंग ल्याउने स्वत अपेक्षा गर्न सकिन्छ ।
वार्सिलोना भर्सेज चेल्सी
सन् २०१२ मा युरोपेली फुटबलमा निकै सनसनी मच्चाइरहेको वार्सिलोनालाई हराएर पहिलो पटक उपाधि जितेको चेल्सीले त्यस यता प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन् । तर्सथ चेल्सी माथि फेरी अर्को ट्रनिङ प्वाईन्ट सृजना भएको छ । उता वार्सिलोना पनि एर्नेस्टो भल्भर्देको प्रशिक्षकत्वमा निकै राम्रो खेल खेलिरहेको छ । वार्साले सन् २०१४ पछि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा छ । उता प्रिमियर लिगमा उल्लेख्य प्रदर्शन गर्न नसकेपनि स्टार खेलाडीले भरिएको चेल्सीले प्रतियोगितामा जस्तोसुकै नतिजा पनि उल्टाउन सक्ने सामथ्र्य राख्ने छ । गत सिजन च्याम्पियन्स लिगबाट बाहिर रहेको चेल्सीले यो सिजन भने राम्रो प्रर्दशन गर्दै आएको छ ।
टोटेन्ह्याम भर्सेज युभेन्ट्स
समूूह चरणमा डिफेन्डिङ चयाम्पियन्स रियल म्याड्रिडलाई हराएर निकै चर्चामा आएको ईङलिश क्लब टोटेन्ह्याम र गत सिजनको उप विजेता टोली युभेन्ट्स बीचको खेललाई समेत निकै चासोको रुपमा हेरिएको छ । हेरी केन, डेले अल्ली, एरिक्सन ट्रिपलर जस्ता खेलाडीको स्तरीय प्रर्दशनबाट चम्किएको टोटेन्ह्याम तथा पाउलो डिबेला, हिगुईन बुफोन जस्ता स्टार खेलाडीले भरिपुर्ण युभेन्ट्सबीचको खेल निकै रोमान्चक हुने अनुमान गर्न सकिन्छ ।
अन्य प्रतिस्पर्धात्मक खेलहरु
सेभिया भर्सेज म्यान्चेष्टर युनाईटेड
पोर्टो भर्सेज लिभरपुल
बार्यन म्युनिख भर्सेज बेसिक्टास
रोमा भर्सेज साक्तर डोनेस्क
म्यान्चेष्टर सिटी भर्सेज बासेल
वि.सं.२०७४ मंसिर २६ मंगलवार ०८:२६ मा प्रकाशित