back
CTIZAN AD

विश्वविद्यालय देख्न नपाउने अवस्था सरकार र समाजको सहयोग लिएर बदल्नुपर्ने

वि.सं.२०७४ मंसिर २९ शुक्रवार

780 

shares

२९ मंसिर, धुलिखेल  : काठमाडाँै विश्वविद्यालयको आज आयोजित २३ आँै दीक्षान्त समारोहमा विभिन्न तहका एक हजार ३४९ विद्यार्थी दीक्षित भएका छन् ।
तीमध्ये ११ देशका २९ विद्यार्थी छन् । दीक्षित हुनेमा विद्यावारिधिमा २१, दर्शनाचार्य (एमफिल)मा ५१, एमइमा २५, मास्टर इन फार्मेसी, मबस्टर इन टेक्नोलोजी एमएस्सीमा ४५, मास्टर इन बिजनेस एडमिनिस्टे«शन र इएमबिएमा १०९ तथा एमए र एमइडीमा १२७ जना गरी स्नातकोत्तर तहमा ३८८ छन् । त्यस्तै बिइमा २२७, बिफार्मेसी, बिएस्सी र बिटेकमा १८८, बिबिए, बिबिआइएस र बिएचटिएममा ३५० र अन्य विषयमा स्नातक गरी १९६ जना स्नातक विद्यार्थी दीक्षित भएका हुन् ।

विश्वविद्यालयबाट हालसम्ममा स्कुल अफ मेडिकल साइन्समा १२ हजार २३६ , स्कुल अफ इञ्जिनीयरिङमा दुई हजार ९२८, स्कुल अफ साइन्सबाट दुई हजार ५९० , स्कुल अफ एजुकेशनबाट एक हजार ३९, स्कुल अफ आर्टस्बाट दुई हजार ९७ र स्कुल अफ म्यानेजमेन्टबाट चार हजार ९८३ जना स्नातक दीक्षित गराइसकिएको छ । हालसम्म २५ हजार ८७३ जना स्नातक गरेका विद्यार्थी उत्पादन भइसकेका छन् ।
धुलिखेलमा आयोजित समारोहमा विश्वविद्यालयका सहकुलपति उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले दीक्षित विद्यार्थी राष्ट्र निर्माणका काममा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपकुलपति प्रा डा रामकण्ठ माकजु श्रेष्ठले विपन्न परिवारमा जन्मेका अधिकांश व्यक्तिले कहिल्यै विश्वविद्यालय देख्न पाउने अवस्था नरहेकाले यस्तो अवस्थालाई सरकार र समाजको सहयोग लिएर बदल्नुपर्ने बताउनुभयो ।

वि.सं.२०७४ मंसिर २९ शुक्रवार १३:०० मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...