back

लुकेर रहेका कुष्ठरोगीको खोजी गरिने,सर्वेक्षणका लागि रु एक करोड खर्च हुने

वि.सं.२०७४ मंसिर २९ शुक्रवार

453 

shares
IME Limited
NTC AD

kustha-rog२९ मंसिर,काठमाडौँ  : सरकारले जोखिम मानिएका चार जिल्लामा लुकेर रहेका कुष्ठरोगीको खोजी गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण महाशाखाले पुसको तेस्रो सातादेखि रुपन्देही, कपिलवस्तु, नवलपरासी र कैलाली जिल्लामा कुष्ठरोगीबारे सर्वेक्षण गर्दैछ । महाशाखाका परामर्शदाता छालारोग विशेषज्ञ डा रवीन्द्र बास्कोटाले सर्वेक्षणका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यकर्ता र छालारोग विशेषज्ञ संलग्न रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आव २०७३/०७४ मा बढेर ० दशमलव ९२ पुगेको पाइएपछि हामीले जोखिम मानिएका जिल्लामा लुकेर रहेका कुष्ठरोगी खोजी गर्न लागेका हौँ ।”

नेपालमा विसं २०६६ मा कुष्ठरोगको प्रकोपदर प्रतिदश हजार जनसंख्यामा एकभन्दा कम अर्थात् ० दशमलव ७७ कुष्ठरोगी रहेको घोषणा भए पनि अझै निवारण गर्नुपर्ने अवस्था छ ।

शुरुकै अवस्थामा नै रोगी पहिचान गरी अन्य रोग सर्नबाट र अपांगतायुक्त हुनबाट बचाउन र एकीकृत स्वास्थ्य प्रणालीमार्फत कुष्ठरोगको गुणस्तरीय सेवा उपलब्ध गराउन सर्वेक्षणले मद्दत पुग्ने बताइएको छ ।

एक महिनामा पूरा गर्ने लक्ष्य राखिएको सर्वेक्षणका लागि रु एक करोड खर्च हुनेछ । आव २०७३/०७४ मा तीन हजार बढी नयाँ कुष्ठरोगी फेला परेका थिए । सरकारले सन् २०२०(विसं २०७७ तिर) भित्र सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ ।

वि.सं.२०७४ मंसिर २९ शुक्रवार १३:१८ मा प्रकाशित

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौँ । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...