back
CTIZAN AD

चितवनमा यसवर्ष ४.६ प्रतिशतले धान उत्पादनमा कमी

वि.सं.२०७४ पुस १ शनिवार

756 

shares
फाइल:फोटो
फाइल:फोटो

१ पुस, चितवन । बाढीले धानखेत बगाउँदा र रोग लाग्दा यसवर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ ।

जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार ४.६ प्रतिशतले धान उत्पादनमा कमी आएको हो ।

यसवर्ष ९७ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष एक लाख दुई हजार २०० मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा २९ हजार २०० हेक्टर क्षेत्रलफलमा धानखेती गरिएको थियो ।

साउनको अन्तिमसाता आएको बाढीका कारण २०० हेक्टर क्षेत्रलफलमा लगाएको धानखेती कटान र डुबानमा परेपछि उत्पादनमा कमी आएको कार्यालयका प्राविधिक नोदनाथ लामिछानेले बताउनुभयो । वर्षातसँगै धानमा देखिएको पहेँलो रोगका कारण उत्पादनमा कमी आएको उहाँले बताउनुभयो ।

तीन दशमलब ६ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि ३.३६ प्रतिशत मात्र धान उत्पादन भएको लामिछानेले बताउनुभयो । डुबान र कटानले क्षेत्रफल घटाएको थियो भने रोगले उत्पादकत्वमा कमी ल्याएको थियो ।

वि.सं.२०७४ पुस १ शनिवार ०५:०७ मा प्रकाशित

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...