back

चितवनमा यसवर्ष ४.६ प्रतिशतले धान उत्पादनमा कमी

वि.सं.२०७४ पुस १ शनिवार

414 

shares
IME Limited
NTC AD
फाइल:फोटो
फाइल:फोटो

१ पुस, चितवन । बाढीले धानखेत बगाउँदा र रोग लाग्दा यसवर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ ।

जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार ४.६ प्रतिशतले धान उत्पादनमा कमी आएको हो ।

यसवर्ष ९७ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष एक लाख दुई हजार २०० मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा २९ हजार २०० हेक्टर क्षेत्रलफलमा धानखेती गरिएको थियो ।

साउनको अन्तिमसाता आएको बाढीका कारण २०० हेक्टर क्षेत्रलफलमा लगाएको धानखेती कटान र डुबानमा परेपछि उत्पादनमा कमी आएको कार्यालयका प्राविधिक नोदनाथ लामिछानेले बताउनुभयो । वर्षातसँगै धानमा देखिएको पहेँलो रोगका कारण उत्पादनमा कमी आएको उहाँले बताउनुभयो ।

तीन दशमलब ६ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि ३.३६ प्रतिशत मात्र धान उत्पादन भएको लामिछानेले बताउनुभयो । डुबान र कटानले क्षेत्रफल घटाएको थियो भने रोगले उत्पादकत्वमा कमी ल्याएको थियो ।

वि.सं.२०७४ पुस १ शनिवार ०५:०७ मा प्रकाशित

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

भेडापालक किसानलाई गोठालो भत्ता

भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका...

प्रेदशसभामा आजदेखि बजेटमा छलफल

प्रेदशसभामा आजदेखि बजेटमा छलफल

गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को...

लोन लिएर नतिर्ने ५० ऋणीको बैंकले निकाल्यो तीन पुस्ते विवरण

लोन लिएर नतिर्ने ५० ऋणीको बैंकले निकाल्यो तीन पुस्ते विवरण

काठमाडौँ । लक्ष्मी सनराईज बैंकले समयमै कर्जा नतिर्ने ५० जना...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

समितिद्वारा आजको सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण

समितिद्वारा आजको सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...