back

६० लाखको लगानीमा सिरुटारमा फुटसल संचालन

वि.सं.२०७४ पुस १० सोमवार

126 

shares
NTC AD
Global IME AD

footshal-in-bkt-2
रमेश गिरी
भक्तपुर, १० पुस । सूर्यविनायक नगरपालिका १ सिरुटारका तीन युवाले रु. ६० लाख रुपैयाको लागतमा निर्माण गरेको फुटसल आजबाट संचालनमा आएको छ ।
कन्ट्रिसाइड रिक्रियशन सेन्टर फुटसलको आज नवनिर्वाचित प्रतिनिधीसभा सदस्य महेश बस्नेतले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बस्नेतले अहिलेका युवा वर्गलाई बिदेश पलायन, बिकृति, बिसंगति लाग्नबाट रोक्नु पर्ने बताउँदै विदेश जाने युवाले आफ्नै गाउँमा सुरु गर्ने यस्ता व्यवसायले युवालाई बिकृति, बिसंगतिमा लाग्न समेत रोक्ने बताउनुभयो । युवा वर्ग अगाडि बढे आफ्नो ठाउँको विकास गर्न पाँचवर्ष पनि नलाग्ने बताउँदै उहाँले युवाले गर्ने प्रत्येक विकासका काममा आफ्नो सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा नवनिर्वाचित प्रदेशसभाका सदस्य शशीजंग थापाले उपत्यकामा रंगशालाको अभाव खडकिरहेको अबस्थामा फुटसलले केही हदसम्म त्यसको आवश्यकतालाई पुरा गरेको बताउनुभयो । उहाँले दधिकोटमा रंगशाला बनाउने प्रस्ताव सकारात्मक रुपमा अगाडि बढेको र यसको प्रक्रियालाई सरकार समक्ष लगिएकाले यसलाई पुरा गथर्न सबै पक्षबाट पहल हुनुपर्नेमा जोड दिनुभयो ।

footshal-in-bkt-1त्यसअवसरमा ललितपुरको चाँगाथली युवा क्लबका अध्यक्ष बाबुराजा महर्जनले खेलकुद प्रति युवाको आकर्षण बढ्दै गईरहेको अबस्थामा प्रत्येक प्रदेशमा एउटा रंगशाला आवश्यकता भएकाले यसतर्फ ध्यान दिनुपर्ने भनाई राख्नुभयो । फुटसल संचालक समितिका अध्यक्ष धनन्जय श्रेष्ठ युवा वर्गको फुटसलप्रति आकर्षण बढ्दै गएको र युवा वर्गलाई मनोरञ्जन दिन युवाहरुको लगानीमा फुटसल संचालनमा ल्याएको बताउनुभयो ।

संचालकद्धय सुदिप राउत र रुपक थापाले युवा वर्गको शारीरिक, मानसिक स्वास्थ्यको विकास गर्ने र फुटसल खेलको विकास गर्ने उदेश्यले फुटसल संचालनमा ल्याएको बताउनुभयो ।

वि.सं.२०७४ पुस १० सोमवार १४:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...