back
CTIZAN AD

सदरमुकाम जाँदा सातुसामल बोक्नुपर्ने सोलुखुम्बु कोशीपारिका नागरिकको बाध्यता हट्यो

वि.सं.२०७४ पुस १० सोमवार

627 

shares

araniko१० पुस, सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुको विकट क्षेत्र मानिने कोसीपारिदेखि राजधानी सिधा यातायात सञ्चालन भएपछि स्थानीय हर्षित भएका छन् ।

दूधकोशीका गाउँपालिका र सोताङ गाउँपालिकाको बीचमा पर्ने दूधकोशी खोलामा ह्युमपाइप राखेर सवारी आवतजावत गर्नसक्ने भएपछि कोशीपारिबाट राजधानीसँग सिधा यातायात सेवा सञ्चालनमा आएको हो ।

सोताङ गाउँपालिकाको रु पाँच लाख, स्थानीय प्रकाश कार्कीको करिब रु सात लाख र अन्य स्थानीयको आर्थिक सहयोग र पहलमा दूधकोशीमा ह्युमपाइप राखी सडक यातायात सुचारु गरिएको सोताङ गाउँपालिका–५ का अध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो ।

जिल्लाको विकट क्षेत्र सोताङ गाउँपालिकाको शिवटार बजारदेखि सदरमुकाम सल्लेरी, राजधानी काठमाडाँैलगायतको क्षेत्रमा सिधा जिप सेवा सञ्चालन हँुदा त्यस भेगका नागरिकले विकासको अनुभूति गरेका छन् ।

खच्चड र भारियामार्फत दैनिक उपभोग्य वस्तुको ढुवानी गर्ने व्यापारीले समेत ट्र्याक्टरमार्फत सामान ढुवानी गर्दा व्यवसाय सञ्चालनमा सहज भएको बताउँछन् । कोशीपारिको मुख्य बजार शिवटारका व्यापारी दीपक खड्काले भन्नुभयो, “सामान ढुवानी गर्नको लागि दूधकोशी खोला वारी र पारी दुई ठाउँ स्टोर थियो तर अहिले शिवटार बजारमै छ ।” सिधा ट्र्याक्टरमार्फत सामान ढुवानी गर्दा केजीमा रु २० देखि रु १०० सम्म कम मूल्यमा दिन सकिएको छ, खड्काले भन्नुभयो ।

भौगोलिक हिसाबले सदरमुकामदेखि निक्कै टाढा र विकट मानिने कोशीपारिका नागरिक केही वर्ष अगाडिसम्म सदरमुकाम आउँदा सातुसमाल नै बोकेर आउने गरेको अनुभव सुनाउँछन् । सामान्य कार्यालयको काम गर्न जानकै लागि बाटैमा एक रात बास बस्नुपर्ने उनीहको बाध्यता थियो ।

सोताङ गाउँपालिका–५ का चन्द्रबहादुर राई भन्नुहुन्छ, “सडक यातायात सञ्चालन नहुँदा बुढाबुढीलाई त दुई रात नै बास बस्नुपथ्र्यो, बाटोमा बास बस्न र खानाको समेत समस्या हुनेहुँदा सातुसामल बोकेर जान्थ्याँै, तर अहिले त्यो समस्याबाट मुक्त भएका छौँ ।”

सदरमुकामदेखि पूर्वक्षेत्रमा पर्ने सोताङसम्म करिब ६५ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । त्योभन्दा अझ पूर्वतर्फ त्यसको दोब्बर यात्रापछि पुग्नसकिने महाकुलुङको बस्ती पनि छ । दुई वर्ष अगाडिसम्म सदरमुकामदेखि करिब २३ किलोमिटरको दूरीसम्म जिप सेवा सञ्चालन थियो तर यो यस वर्षको पुस पहिलो हप्तादेखि ६५ किलोमिटरसम्मै सिधा सेवा सञ्चालन भइरहेको छ ।

केही दिन अगाडिसम्म एक दिनको पूरै पैदलयात्रा पछि जिपमार्फत दुई दिनमा सदरमुकाम सल्लेरी पुग्नुपर्ने कोशीपारिका आम नागरिकको बाध्यतासमेत अहिले हटेको छ । महाकुलुङ गाउँपालिका–४ की स्थानीय शिक्षिका तारा कुलुङले भन्नुभयो, “अब त केही घण्टाको पैदलयात्रा पछि जिप सेवामार्फत एकै दिनमा सदरमुकामसहित राजधानी पुगिन्छ, हामी यसैमा गौरव छौँ ।”

कोशीपारिका नागरिकहरु अहिले बिहान गएर बेलुका घरमै आइपुग्ने गरेको सोताङकै मोतीराम बस्नेतको भनाइ छ । दूधकोशी खोलामा ह्युमपाइप राखेर सिधा यातायात सञ्चालन गरेपछि केही दिनयता सोताङको शिवटार बजारसम्म सिधा जिप सञ्चालन हुँदा सडक कहिले आउँछ र गाडीमार्फत यात्रा गर्ने भन्ने कोशीपारिका नागरिकको सपना पूरा भएको स्थानीय धनमाया कटुवालले बताउनुभयो ।

सल्लेरीको जोरबौद्धदेखि करिब ६५ किलोटिरको दूरीमा सोताङ शिवटार बजार पर्छ । गाडीमा यात्रा गर्ने त्यस भेगका नागकिरको सपना पूरा भए पनि भर्खरै ट्रयाक खोलिएकाले सडकको गे्रड नमिल्नु, दूधकोशीमा पुल नहुँदा जोखिम पूर्ण ढंगले खोला तर्नुलगायतले जिप भाडा भने महँगो तिर्नुपर्ने त्यस भेगका नागरिकको बाध्यता छ । स्थानीय धनकुमार विश्वकर्माले सडकको स्तरोन्नति र बेली बिज्रको लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

अहिले त्यस भेगका नागरिकले सोताङ शिवटारदेखि सल्लेरीसम्म एक हजार १०० र राजधानी काठमाडाँैसम्मका लागि रु दुई हजार २०० जिप भाडा तिर्दै आएका छन् । दूरीको हिसाबले यो भाडा बढी भए पनि सडकको अवस्था हेर्दा सामान्य रहेको यातायात व्यवसायी बताउँछन् ।

जिप चालक चरित्र तामाङले भन्नुभयो, “विकट क्षेत्रका नागरिकलाई सेवा दिन पाउँदा खुशी लागेको छ, तर हाम्रो बाध्यता उहाँबाट बढी भाडा लिनैपर्छ, भर्खर ट्रायक खोलिएको छ, दूधकोशी खोलामा पूरै ह्युम पाइप छैन, आधामात्र छ खोला पार गर्दा जोखिम पनि छ ।”

सल्लेरीदेखि दूधकोशी खोला ४५ किलोमिटर र दूधकोशीदेखि शिवटार बजार २० किलोमिटर दूरी छ । दूरी कम भए पनि गाडीमा मर्मतको बिल बढी आउने हुँदा सेवा मात्र दिन सकिएको तर व्यवसायमा कुनै नाफा नहुने सोलुखुम्बु यातायता व्यवसायी संघका सदस्य तथा जिप व्यवसायी डिकबहादुर कटुवालको भनाइ छ । सडकको स्तरोन्नतिमा गुणस्तरीयता आउने हो भने जिप भाडा तत्काल समायोजन गर्न सकिने कटुवालको भनाइ छ ।

मोतिधन कन्ट्रक्सनले सोताङ गाउँपालिकाको दिप्लीघाटदेखि शाद्धीसम्म सडक स्तरोउन्नतिसँगै ट्रयाक खोल्ने जिम्मेवारी पाएको छ । कुल रु दुई करोड २० लाख मा करिब २० किलोमिटर सडकको स्तरोन्नति र बाँकी ट्रायक खोल्ने जिम्मा उक्त कम्पनीले पाएको सडक डिभिजन हर्कपुर ओखलढुंगाले जनाएको छ ।

सडक डिभिजनका इञ्जिनियर सुशील घिमिरेका अनुसार बे्रकर बिग्रिएर स्तरोन्नतिको काम हुन नसके पनि केही दिनपछि काम शुरु हुनेछ । इञ्जिनियर घिमिरेका अनुसार रोक्तिदेखि दिप्लीघाटसम्मकै सडकको तत्काल स्तरोउन्नति गर्न आवश्यक छ । दूधकोशीका गाउँपालिका–७ रोक्तिदेखि सोही गाउँपालिका–८ सम्म करिब २२ किलोमिटर दूरी रहेको उक्त सडकको तत्कालीन जिल्ला विकास समितिले ट्रयाक खोलेको थियो । इञ्जिनियर घिमिरेले भन्नुभयो, “त्यस क्षेत्रमा हाम्रो कुनै योजना पनि छैन, तर त्यहीबीचको स्तरोन्नतिमा ध्यान दिन आवश्यक छ ।” दिप्लीघाटदेखि सोताङको तत्काल स्तरोउन्नति हुन्छ, सहज सेवा सञ्चालनमा कुनै कमी हुने छैन, इञ्जिनियर घिमिरेले भन्नुभयो ।

दूधकोशीका गाउँपालिका–७ र ८ मा पर्ने रोक्ति दिप्लीघाट सडकको तत्काल स्तरोन्नति गर्ने गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “हामीसँग प्राविधिक नभएको कारण विकास निर्माणको काम हुनसकेको थिएन तर हामीले करारमा नियुक्त गरेका छाँै, गाउँपालिकाको पहिलो प्राथमिकता सडक हो, बजटे पनि विनियोजन भइसकेको छ, काम चाँडै हुन्छ ।” दूधकोशीका गाउँपालिकाले सडकको ट्रायक खोल्ने र स्तरोन्नतिको लागि मात्र रु १७ करोड बढी रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

सडकको पटकपटक स्तरोन्नति भए पनि आँखामा छारो हाल्ने मात्र काम हुने गरेको उपभोक्ताको आरोप छ । पटकपटक स्तरोन्नति गर्ने तर गुणस्तर कम हुँदा आम नागरिकले सास्ती खेप्नुपर्ने हुन्छ त्यसैले गणस्तरमा ध्यान दिनुपर्छ, सोताङका शिक्षक झमकबाबु बस्नेतले सुझाव दिनुभयोे ।

विभिन्न विकास निर्माणलाई हेर्दा उपभोक्त समिति, ठेकदारले गुणस्तरभन्दा परिमाण बढाउने हुँदा समस्या आउने गरेको जालिम बिहानी समाज देउसाका अध्यक्ष चूडामणि केसीले बताउभुयो । नागरिकले हरेक विकासपछि केही राहत महशुस गर्छन् जुन सहजतालाई व्यवस्थित बनाउँदै दीर्घकालीन बनाउन जोड दिनुपर्ने आम नागरिकको सुझाव छ ।

वि.सं.२०७४ पुस १० सोमवार ०९:४२ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...