back
CTIZAN AD

मनाङको विकास पर्यटन, सडक स्तरोन्नति र जलविद्युत् जनताको चासो

वि.सं.२०७४ पुस १० सोमवार

861 

shares

manang१० पुस, मनाङ,  । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि मनाङको विकासका लागि मनाङवासीमा आफ्नो ठाउँको विकासको लागि चासो बढेको छ ।

भौगोलिकदृष्टले दुर्गम क्षेत्रको ‘क’ वर्गमा परेको यस जिल्लाको विकास कता जाने र कस्तो किसिमको विकास आवश्कता परेको भन्ने यहाँका मानिसमा छलफल हुने गरेको छ ।

यहाँका मानिसको मुख्य पेशा कृषि, होटल व्यवसाय र पशुपालन हो । करिब तीन हजार मिटरदेखि चार हजार ६०० मिटर उचाइमा गाउँ बस्ती रहेका छन् । यहाँ विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल चार हजार ६०० मिटर उचाइमा रहेको आइस लेक, गंगापूर्ण ताललगायतका थुप्रै हिमताल मनाङका पर्यटकका रोजाइमा पर्दछन् । त्यस्तै नेपालकै महत्वपूर्ण पदमार्गको रुपमा रहेको अन्नपूर्ण पदमार्ग यसै क्षेत्रमा रहेकाले पनि अझ थप आर्कषणमा रहेको छ ।

यस क्षेत्रलाई बेँसीशहर चामे सडकले जोडेको छ । मनाङ प्रवेशको एउटा मात्रै मोटर बाटो भएता पनि यो बाटो साँगुरो र अग्ला भिर काटेर बनाइको हुनाले बाटो आफैँमा जोखिम रहेको छ ।

जोखिम मोल्दै भए पनि पर्यटन कर्मचारीलगायत सम्पूर्ण मनाङवासी आवतजावत गरिरहेका छन् । मनाङलाई समृद्धि बनाउन जलविद्युत्, वैकल्पिक पदमार्ग र सडक विस्तारको आवश्यकता रहेको स्थानीय होटल व्यवसायी अनिता लामाले बताउनुभएको छ ।

मनाङ विश्व मानचित्रमा प्रख्यात पर्यटन क्षेत्रका रुपमा चिनाइसकेको भएता पनि आन्तरिक पर्यटनलाई मनाङ धेरैभन्दा धेरै भित्र्याउनु नै मनाङको उज्वल भविश्य हुने पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले भनाइ छ ।

वि.सं.२०७४ पुस १० सोमवार ०८:५८ मा प्रकाशित

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...