back
CTIZAN AD

उद्घाटन भएको ४७ वर्ष बित्यो, अझै सञ्चालनमा आएन अस्पताल

वि.सं.२०७४ पुस १० सोमवार

819 

shares

photo

१० पुस, जितपुर, कपिलवस्तु, । कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अर्बौं रुपैयाँ राजश्व संकलन गर्दै आए पनि नजिकै रहेको अस्पताल भने आर्थिक अभावका कारण निर्माण थालेको पाँच दशक बित्दा पनि पूर्णता पाउन सकेको छैन ।

झण्डै ३३ कट्ठा क्षेत्रफलमा अवस्थित सो अस्पताल २०२७ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । पञ्चायतको समयमा अस्पताल उद्घाटन भए पनि अहिले गणतन्त्र आइपुग्दासमेत अस्पताल पूर्णरुपमा निर्माण भई सञ्चालनमा आउन नसकेको हो ।

अस्पताल सञ्चालनमा आउनुको सट्टा हाल त्यहाँको भवनमा नगरपालिका र प्रहरी कार्यालय बसेका छन् । अस्पताल कहिले सञ्चालनमा आउला र स्वास्थ्योपचार पाइएला भन्ने आशा राखेका सर्वसाधारण अस्पतालभित्र नगरपालिका र प्रहरी कार्यालय बसेको देख्दा निराश छन् ।

स्थानीय विजय गुप्ताले ब्यङ्ग्य गर्दै भन्नुभयो, “अस्पतालमा नगरपालिका र प्रहरी कार्यालय त बिरामी भएर आएका हुन्, हामी त सामान्य मानिसले त अन्तै उपचार गराउन पर्ला ।”

सरकारी स्वामित्वमा रहेको यो अस्पतालको संरक्षकमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र प्रहरी उपरीक्षक रहनुभएको छ । निर्माणाधीन अस्पतालको काम पूरा गर्न अहिलेसम्म दुई समिति बनिसकेका छन् ।

अस्पताल निर्माणमा अहिलेसम्म करिब रु एक करोडभन्दा बढी खर्च भइसकेको र अझै ठूलो रकम आवश्यक पर्ने भएकाले अस्पताल सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष विजय कनोडियाले जानकारी दिनुभयो ।

बिगतमा अस्पताल सञ्चालन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा पनि नसुनेका कारण अहिले चुप लागेर बस्न बाध्य भएको उहाँले बताउनुभयो । करोडौँ रुपैयाँ बराबरको सम्पत्ति रहेको अस्पतालको संरक्षण गर्ने दायित्व सरकारको रहेको उहाँको भनाइ छ ।

वि.सं.२०७४ पुस १० सोमवार ०६:५७ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...