back
CTIZAN AD

जाडो बढेसँगै नियमित विद्यालय आउने घटे

वि.सं.२०७४ पुस ११ मंगलवार

648 

shares

११ पुस, दमक, । जाडो बढेसँगै ग्रामीण बस्तीमा रहेका सामुदायिक विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थालेको छ ।

पुस लागेसँगै चिसो बढेपछि दुर्गम बस्तीका विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थी घट्न थालेका छन् । जाडोले गर्दा कमजोर आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका बालबालिकाको पठनपाठनमा समस्या हुँदै गएको छ ।

जाडोले गर्दा नै दुर्गम बस्तीका कतिपय त्यस्ता विद्यालयमा यतिबेला आधाभन्दा बढी नै विद्यार्थीको संख्या घट्न थालेको त्यहाँका विद्यालयले जनाएका छन् । गौरीगञ्ज गाउँपालिका–१ महाभारास्थित बालकल्याण माविका प्रअ भोलाप्रसाद खतिवडा अधिकांश विपन्न वर्गका विद्यार्थी भएको तथा जाडो छल्ने खालका लुगा नहुँदा सधै झैँ विद्यार्थीको हाजिरी अनुपात ह्वात्तै घटेको बताउनुहुन्छ ।

चिसो बढेसँगै विद्यालय आउने संख्यामा कमी हुनाका साथै जनजीवन कष्टकर बन्दै गएकाले नियमित पठनपाठनमा नै समस्या हुँदै गएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “न्यानो कपडा र पर्याप्त तातो खानेकुरा (खाजा) को अभावमा कतिपय बालबालिका विद्यालय आउन छाडेका छन् ।” जाडोभरी ग्रामीण क्षेत्रका विद्यालयमा यस्तो समस्या वर्षेनी हँुदै आएको उहाँको धारणा छ ।

कतिपय बालबालिका चिसोकै कारण विद्यालय नआउने र विस्तारै बीचैमा विद्यालय छाड्ने गरेको खतिवडाको बुझाइ छ । उहाँले भन्नुभयो, “एक दुई दिन गर्दै कतिपय बालबालिकाले स्कुल नै छाड्ने गरेको उदाहरण प्रशस्तै छन् ।” उहाँ विद्यार्थीलाई नियमित विद्यालय आउने वातावरणका लागि न्यानो कपडाको आवश्यकता रहेको पनि बताउनुहुन्छ ।

सोही वडामा पर्ने होक्कलबारीस्थित इन्द्रेणी आधारभूत विद्यालयका प्रअ शिवकुमार मैनाली पनि न्यानो कपडा र जुत्ता चप्पलको अभावमा बालबालिका विद्यालय आउनै छांडेको बताउनुहुन्छ । मैनाली भन्नुहुन्छ, “चिसो अझै बढ्ने हो भने ९० प्रतिशत बालबालिका स्कुल आउनै छाड्छन् र घरायसी काममा समय बिताउन थालेपछि बीचैमा स्कुल छाड्ने सम्भावना धेरै हुन्छ ।”

करिब १०० विद्यार्थी पढ्ने गरेको इन्द्रेणी आधारभूत विद्यालयमा ८४ प्रतिशत बालबालिका सीमान्तकृत र आदिवासी समुदायका छन् । तीमध्ये ५३.३९ प्रतिशत बालबालिका सन्थाल समुदायका छन् ।

कमल गाउँपालिका–५ स्थित मंगलमय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णनन्द शर्मा शैक्षिक सिकाइ गुणस्तरीयसँगै विद्यालयमा चाहिने न्यूनतम फर्निचरका सामग्री, बिजुली बत्ती, आदिको व्यवस्था हुन नसक्दासामुदायिक विद्यालयतर्फ विद्यार्थीको आर्कषण हुन नसकेको बताउनुहुन्छ । विद्यालयमा नियमित पठनपाठन हुने व्यवस्था गर्नका लागि आधारभूत पूर्वाधार मात्र पूरा गर्न सके सधैँ सबै बालबालिका विद्यालय आउने उहाँको भनाइ छ । जाडोका कारण गाउँका विद्यालयमा विद्यार्थी नआउनेजस्तो जटिल समस्या भने यहाँ उल्लेख्य नभएको उहाँले बताउनुभयो ।

यसैबीच झापा दमक–९ स्थित महालक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई दमक–८ निवासी कोषराज प्याकुरेलले सोमबार स्वीटर प्रदान गर्नुभएको छ । एभरेष्ट बोर्डिङ स्कुलका संस्थापक प्रअ तथा प्याब्सन झापाका अध्यक्ष प्याकुरेलले सो विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा ८ सम्म अध्ययन गर्ने करिब २०० विद्यार्थीलाई जाडाको समयमा उपयुक्त हुने एक एक थान स्वीटर प्रदान गरिएको हो । विद्यालयमा पुगेर प्याकुरेलसहित उहाँका बुबा डम्मरबल्लभलगायतले स्वीटर हस्तान्तरण गर्नुभएको थियो ।

वि.सं.२०७४ पुस ११ मंगलवार ०७:४६ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...