back
CTIZAN AD

भरत थापा (असफल) को गीति एल्बम ‘मेरो प्यारो स्वर्ग’ सार्वजनिक

वि.सं.२०७४ पुस १३ बिहीवार

804 

shares

sworgaगायक भरत थापा ‘असफल’ को स्वर रहेकोे  ‘मेरो प्यारो स्वर्ग’ नामक गिती एल्बम सार्वजनिक भएको छ । गीतकार सुमन कार्कीको शब्द रहेको उक्त एल्बममा ५ वटा गीत रहेका छन् । जसमा रहेको दुईवटा गीतको म्युजिक भिडियो समेत निर्माण भइसकेको छ । ‘मेरो प्यारो जन्म भुमि सुन्दर नेपाल’ बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
१२ बर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत गायक भरत थापाको स्वर रहेको उक्त मेरो प्यारो स्वर्ग नामक गीत देशभक्तिको भावनाले ओतप्रोत भएको तथा सबैको मन जित्न सफल भएको छ ।
उक्त गीतको हरेक शब्दले बिदेशी भूमिमा हुदा पनि जन्मभूमिको सम्झनामा कति तड्पिएका छन् नेपालीहरु भन्ने बिषयलाई गीतकार सुमन कार्कीले प्रस्तुत गरेका छन् भने कार्कीले रचना गरेको शब्दलाई गायक भरत थापा ‘असफल’को स्वरले पूर्ण न्याय गरेको छ । गीतकार कार्की र गायक थापा इजरायलमै रहनुले पनि उक्त गीतलाई यतिको सर्बोकृष्ट बनाउन सफल भएको छ । यो भन्दा अघि पनि उहि स्वर्ग एल्बमबाट ‘सिटि बसैमा’ बोलको गीतमा पहिलो स्वर दिएर सांगीतिक यात्रा शुरु गरेका गायक थापा इजरायलमा हुने हरेक सांगीतिक कार्यक्रममा सहभागि हुने गरेका छन् ।

राजु कार्कीको एरेन्जर रहेको उक्त म्युजिक भिडियोको कोरियोग्राफरमा सुनिक, क्यामेरामा अर्जुन तिवारी र सुलभ अधिकारी रहेका छन् भने शासन कंडेलको निर्देशन रहेको छ ।
इजरायलमा रहेका गीतकार सुमन कार्की गीत मात्रै होइन साहित्यका सबै विधामा कलम चलाउछन् । गीतकार कार्कीको पहिलो गीतको रेकर्ड २००९मा संगीतकार तथा गायक देवकुमार चौधरीको संगीतमा सिता श्रेष्ठको आवाज रहेको ‘थुङ्गा थुङ्गा मायाको फुल टिपेर’ रहेको छ , त्यस पछि दोस्रो गीत पनि देवकुमार चौधरीकै संगीतमा गायिका श्रीयसी चेम्जोङ्ग आवाजमा रेकर्ड भएको हो भने ‘स्वर्ग’ नामक एल्बमका सबै गीतहरु गायक भरत थापा ‘असफल’ले नै स्वर दिएका छन् ।

वि.सं.२०७४ पुस १३ बिहीवार ०८:१७ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...