back
CTIZAN AD

धनकुटामा ‘निषेधाज्ञा’र ‘आमहडताल’ जारी

वि.सं.२०७४ माघ ६ शनिवार

723 

shares

६ माघ, धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रादेशिक राजधानी बनाउने संर्घष समितिबीच शुक्रबार भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र संघर्ष समितिले गरेको आमहडताल आज पनि जारी रहेको छ ।

आज बिहान ११ बजे संघर्ष समितिले सदरमुकाममा जुलुस प्रर्दशन तयारी गरे पनि स्थानीय प्रशासनले लगाएको ‘निषेधाज्ञा’ कायम राखेको जनाएपछि आन्दोलनकारी पछि सरेका छन् । प्रादेशिक आन्दोलन संघर्ष समितिले पनि आमहडताललाई निरन्तरता दिएको छ । स्थानीय प्रशासनले आज बिहान बजार क्षेत्रमा निषेधाज्ञा जारी रहेको माइकिङ गरेको थियो ।

आन्दोलन संघर्ष समितिले शुक्रबार बेलुका बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गरेपछि जिल्ला सुरक्षा समिति धनकुटाले सुरक्षाका स्थिति थप कडाइ गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।

शुक्रबार साँझ ५ बजेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो भएको जानकारी गराएपछि यता संघर्ष समितिको साँझ बैठकले आमहडताललाई ७ गतेसम्म निरन्तरता दिँदै विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रशासनले सुरक्षा कडा बनाएको जनाएको छ ।

आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म यातायात, बजार, वित्तीय संस्था, शैक्षिक संस्थालगायत सम्पूर्ण क्षेत्र बन्दको घोषणा गरिएको छ ।
स्थानीय प्रशासनले शुक्रबार बेलुका करिब ३०० सवारीसाधन स्कटिङ गरेर कोशी राजमार्गबाट गन्तव्यतर्फ पठाएको जनाएको छ ।

वि.सं.२०७४ माघ ६ शनिवार १०:४५ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...