back
CTIZAN AD

चरिकोटमा सुरुभयो लुगा धुने आधुनिक मेशिन

वि.सं.२०७४ माघ ८ सोमवार

1.1K 

shares

९ माघ, चरिकोट । चरिकोटमा ड्राइ क्लिनर्स प्रालिले रु ७२ लाख लगानी गरेर दोलखामा नेपालको पहिलो आधुनिक लुगा धुने मेशिन ल्याएको छ । चरिकोटका स्थानीयवासी र अन्य व्यक्तिको भौगोलिक, सामाजिक र दैनिक व्यस्त जीवनलाई दृष्टिगत गरी चरिकोट ड्राइ क्लिनर्स शुरु गरिएको आइतबार पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

चिसो मौसम र सुख्खायाममा पानीको हाहाकारका बेला अधिक व्यस्त जीवनशैलीलाई सघाउन सेवामुखी व्यवसायका रुपमा ड्राइ क्लिनर्स सञ्चालन गर्न लागिएको चरिकोट ड्राइ क्लिनर्स प्रालिका अध्यक्ष अर्जुन बुढाथोकीले जानकारी दिनुभयो । भारतको पञ्जाव तथा चीनको गोन्जाउ प्रान्तबाट आधुनिक मेशिनल्याई शुरु गरिएको हो । कम्पनीले हाल ६ जनालाई रोजगारी दिएको र कम्पनी पूर्ण रुपमा सञ्चालनमा आउँदा थप आठ जनालाई रोजगारी दिन सक्ने बताइएको छ । कारखानाबाट दैनिक ५५० केजीसम्म कपडा धुनसक्ने क्षमता छ ।

कम्पनीका अर्का लगानीकर्ता नसिब कायस्थका अनुसार लगानी साँढे चार वर्षभित्र उठाइसक्ने छ । उनीहरुले लुगा धुने यो मेशिन नेपालमा नै पहिलो रहेको पनि दाबी गरेका छन् । यो क्लिनर्सबाट होटल, लज, रिसोर्ट, हस्पिटल, व्यस्त कर्मचारी, व्यापारी र गृहिणीलाई लक्षित गरिएको बताइएको छ ।

वि.सं.२०७४ माघ ८ सोमवार ०३:४९ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...