प्रत्येक निमेशले
एउटा
अविराम लय तरङ्गीत गर्यो
भोका मान्छेको नयाँ तरङ्ग
अविराम संघर्षका नाममा आइरह्यो
मान्छेका भाग्यमा समय
विभिन्न पथ भएर आयो
विभिन्न पद भएर आयो
अँगालिरहे मन्छेले त्यो भाग्य
कहिल्यैं नभेट्ने सुखको ऐनामा
आफैँलाई टाँसिरहे मान्छेले
र
भाग्यमा परेका
दुःखहरूलाई फ्याँक्न
घोप्टिए समयकै डस्बिनमा
छिः दुर्गन्ध भयो यो भाग्य
कालो वादल
तन्किएको तन्किएकै छ भविष्यतिर
जून छोपिँदो छ
घाम छेलिँदो छ
टाउकैमाथिको निधारमा
सपनामा टाँगिएको
नवयुगको शीरवन्दी
मान्छेको
उज्यालो आँखा हैन
अन्धकार तुँवालो भएको मात्र हैन
पतनको संस्कृति बोकेको सहर जस्तै
समय
डस्बिनमा कोचिएको छ
यसबेला
अमनचयनको गीत बोकेर सारङ्गी
समृद्धीको जून बोकेर चेतनाले
मेरो आँगनमा
पाइला टेक्न सकेको छैनन्
त्यसैले
मलाई मन छैन
च्यापिएर बस्न यो डस्बिनमा
बरू अझ
असफल समयको निकास खोल्न
भत्काएर समाहा एक पटक फेरि
जीवन जस्तै
संघर्षको आली भएर बस्न मन छ
परिवर्तनको गलामा
माला लगाओस बरू समयले
तर असफल संस्कारका लट्टामा
लर्को नलाग्ने संकल्पसँग
सीमाहिन प्रेमको अञ्जुली भएर
दुबो उम्रन मन छ
इति
वि.सं.२०७४ माघ १२ शुक्रवार ०२:५४ मा प्रकाशित






























