back
CTIZAN AD

जीवनका खण्डहरहरूबाट

वि.सं.२०७४ माघ १२ शुक्रवार

990 

shares

 

प्रत्येक निमेशले
एउटा
अविराम लय तरङ्गीत गर्यो
भोका मान्छेको नयाँ तरङ्ग
अविराम संघर्षका नाममा आइरह्यो
मान्छेका भाग्यमा समय
विभिन्न पथ भएर आयो
विभिन्न पद भएर आयो
अँगालिरहे मन्छेले त्यो भाग्य
कहिल्यैं नभेट्ने सुखको ऐनामा
आफैँलाई टाँसिरहे मान्छेले

भाग्यमा परेका
दुःखहरूलाई फ्याँक्न
घोप्टिए समयकै डस्बिनमा
छिः दुर्गन्ध भयो यो भाग्य
कालो वादल
तन्किएको तन्किएकै छ भविष्यतिर
जून छोपिँदो छ
घाम छेलिँदो छ
टाउकैमाथिको निधारमा
सपनामा टाँगिएको
नवयुगको शीरवन्दी
मान्छेको
उज्यालो आँखा हैन
अन्धकार तुँवालो भएको मात्र हैन
पतनको संस्कृति बोकेको सहर जस्तै
समय
डस्बिनमा कोचिएको छ
यसबेला
अमनचयनको गीत बोकेर सारङ्गी
समृद्धीको जून बोकेर चेतनाले
मेरो आँगनमा
पाइला टेक्न सकेको छैनन्
त्यसैले
मलाई मन छैन
च्यापिएर बस्न यो डस्बिनमा
बरू अझ
असफल समयको निकास खोल्न
भत्काएर समाहा एक पटक फेरि
जीवन जस्तै
संघर्षको आली भएर बस्न मन छ
परिवर्तनको गलामा
माला लगाओस बरू समयले
तर असफल संस्कारका लट्टामा
लर्को नलाग्ने संकल्पसँग
सीमाहिन प्रेमको अञ्जुली भएर
दुबो उम्रन मन छ

इति

वि.सं.२०७४ माघ १२ शुक्रवार ०२:५४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...

कविता : मान्छे बनोस् कामना

कविता : मान्छे बनोस् कामना

अलख निरन्जन लोहार टीकापुर कैलाली,हाल - भारत आगामा जल प्राण...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

कविता : वृत्त महिमा

कविता : वृत्त महिमा

हृषीकेश बराल पोखरा -२६ , कास्की भाषा चल्छन्,गति यति लिई,अर्थ...

कविता : आमा नरोउन् अब

कविता : आमा नरोउन् अब

रामशरण न्यौपाने “पाँचघरे” भक्तपुर आमा हुन् घरकी दियो प्रखर जो...