ढाँटिछली आफूलार्इ आजसम्म बाँचिएछ
रोला कोही भन्नेठानी आँसु पुछी हाँसिएछभेटिएला हराएको मान्छे यतातिर कतै
अनि पो त आफ्नै फोटो चौतारीमा टाँसिएछरातो घाम देखेपछि घरबाट निस्किएर
छिमेकीको आँगनमा साँझपख बासिएछअसर्फीको चाहनामा भौंतारिदै हिँड्नेको त
पुर्ख्यौली त्यो एक सुकीसम्म पनि मासिएछसोच्न थालें “मनु”सित तिम्रो कस्तो नाता होला
बुझें मैले फूल उनी मामा जब गाँसिएछइति
रचनाः वैशाख ११, २०६७
वेस्टमिनिस्टर, कोलोराडो सम्युक्त राज्य अमेरिका
वि.सं.२०७४ माघ २३ मंगलवार ०५:४० मा प्रकाशित






























