back
CTIZAN AD

टेक्सासमा बाणिज्य दुतावास स्थापनाको लागि पहल गरिने

वि.सं.२०७४ माघ २७ शनिवार

837 

shares

ध्रुव भण्डारी,डलास टेक्सास
जनवरी ६ तारिख २०१८ का दिन नेपाली जनसम्पर्क समिति डलास फोर्टवर्थ च्याप्टर र वेष्ट टेक्सास च्याप्टर टेक्सासको सम्युक्त आयोजनामा नेपाल सरकारका युवा तथा खेलकूद मन्त्री एवं काँग्रेसका नेता राजेन्द्रकुमार केसिको सम्मानमा एक भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अथिति मन्त्री केसीले नेपालमा खेलकूदको विकासका निमित्त उचित तालीम केन्द्रहरूको आवश्यक भएको कुरा बताउँदै, खेलकुदमा राजनीति घुसाउँनै नहुने कुरामा जोड दिएका थिए।

एनआरएनहरूले नेपालमा निर्धक्कसंगले व्यापक लगानी गर्न सक्ने वातावरणको सृजना राज्यले गर्नुपर्ने बताउँदै उनले नेपालको उन्नति र प्रगतिमा लक्षित कार्यक्रमहरू एनआरएनले पनि ल्याउँनुपर्नेमा जोड दिएका थिए । पार्टीले चुनाव हार्नुका धेरै कारणहरू भएको कुरा बताउँदै आउँदा दिनहरूमा ति कमजोरीहरूलाई नेतृत्वले सच्याएर जानुपर्ने धारणा मन्त्री केसिले राखेका थिए ।

गुट उपगुटले संगठनमा घात अन्तरघातले संगठन कमजोर भएको कुरा स्मरण गर्दै गुटको होईन काँग्रेसको भईदिन सबैलाई मन्त्री केसीले आग्रह गरेका थिए । निर्वाचनमा पछि परेता पनि नेपाली जनताले काँग्रेसलाई प्रगाढ माया गरेको हुनाले निरास हुन नहुने भन्दै जनता प्रति जिम्मेवार भएर काँग्रेसले आफ्नो भूमिका निभाउनेमा ढुक्क हुन आग्रह गरे ।

अन्तरकृयामा उठेको प्रश्नको जवाफ दिदैं मन्त्री केसिले उपहार दिएर आफ्नो बनाई गुट सृजना गर्ने प्रवृतिको सबै ठाउँमा अन्त्य हुनुपर्ने कुरा राख्दै एनआरएनले उठाएका मुद्दाहरूलाई राज्यले बिशेषरूपमा लिएको बताए । टेक्सास राज्यमा नेपालीहरूको घनत्व बडिरहेको हुनाले यस क्षेत्रमा बाणिज्य दुतावासको स्थापनाको लागि आफुले सक्दो प्रयास गर्ने समेत मन्त्री केसिले टेक्सासवासीलाई आश्वसन दिएका थिए ।

उक्त कार्यक्रममा सुन्दर कर्मचार्य, भानु खरेल, कृष्ण लामिछाने, रमेश पोखरेल, धनन्जय ढकाल, सुरेश पोखरेल, बिकास उप्रेति, सन्तोष बिष्ट लगायतले जिज्ञासा राखेका थिए भने, न्यूयोर्क च्याप्टरका सभापति रोशन ढंगना, नेजस अमेरिकाका केन्द्रीय उपाध्यक्ष भगवान मैनाली लगायतको उपस्थिति रहेको थियो ।

टेक्सासको डलास शहरमा भएको सो कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य एवं डलास फोर्टवर्थ च्याप्टरका सभापति ज्ञानेन्द्र राज कार्कीले गरेका थिए भने स्वागत मन्तव्य नेजस अमेरिकाका केन्द्रीय सदस्य एवं वेष्ट टेक्सासका सभापति हरीवोल भण्डारीले र संन्चालन डलास फोर्टवर्थ च्याप्टरका महासचिव दिनेश शर्माले गरेका थिए ।

वि.सं.२०७४ माघ २७ शनिवार ०३:२७ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...