
३ फागुन, काठमाडौँ । विश्व क्रिकेट लिग डिभिजन टू अन्गर्तगत नेपाल आफ्नो अन्तिम खेलमा पराजित भएको छ । युएई सँग भएको फाईनल खेलमा नेपाल ७ रनको झिनो अन्तरल े पराजित हुदैँ उपविजेतामा चित्त बुझाउन प¥यो । जितको लागि अन्तिम ओभरमा २८ रन आवश्यक पर्दा नेपालले २० रन मात्र जोड्न सक्योे ।
अन्तिम ओभरमा कप्तान पारस खड्काले ३ छक्का प्रहार गरेका थिए । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ११२ रन जोडे । १०३ बल सामना गरेका पारसले ३ चौक र ८ छक्काको मदतमा नेपाललाई जित नजिक पु¥याएपनि हार भने टार्न सकेनन् । यस्तै नेपालका लागि दिपेन्द्र ऐरिले ३५, शरद भेषवाकरले ३०, ज्ञानेन्द्र मल्लले २४, रोहित पौडेलले २३ तथा दिलिप नाथले १३ रन जोडे । युएईको लागि अमिर हायतले ४ विकेट तथा ईम्रान हैदारले २ विकेट हात पारे ।
यस अघि नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २७७ रनको योगफल बनायो ।
युएइका लागि सुरुवाती व्याट्सम्यान अस्फाक अहमेदले शतकीय पारी खेले । १२३ बल खेलेका उनले तीन छक्का र १० चौका गरी कुल ११४ रन जोडे ।
त्यस्तै कप्तान रोहन मुस्ताफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए ।