back
CTIZAN AD

मध्यपुरथिमि नगरपालिकाले गर्यो पाँच कम्पनीमा शिलबन्दी

वि.सं.२०७४ फागुन ३ बिहीवार

693 

shares

 

३ फागुन, भक्तपुर  । मध्यपुरथिमि नगरपालिकाले वडा नं २ गठ्ठाघरस्थित पाँच कम्पनीमा आज एकै पटक शिलबन्दी गरेको छ ।

नगरपालिकाले गठ्ठाघरस्थित आइचर मोटर्स कम्पनी, एग्रोभेट खाद्यान्न भण्डार, ग्रिल कारखाना, गाडीको बडी बनाउने कारखाना र हाइड्रोपावर कम्पनीको हेभी सामग्री भण्डारण कक्षमा एकै पटक शिलबन्दी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिग्रहण गरेर भाडामा दिएको १७५ रोपनी क्षेत्रफलमा सञ्चालित कम्पनीले करोडौँको राजश्व छलेको, कम्पनी दर्ता नगरेको र नगरपालिकासँग स्वीकृति नलिई विभिन्न संरचना निर्माण गरेको जनाइएको छ ।

नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले आइचर कंले नगरपालिकालाई रु चार करोड ३४ लाख कर तिर्नुपर्नेमा नतिरी अटेर गरेको बताउँदै कर तिर्न र नगरपालिकाको नियमभित्र आउन गरिएको पत्राचारको बेवास्ता गरेपछि बाध्य भएर शिलबन्दी गर्नुपरेको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख कमल ज्ञवालीले ती संस्थाले व्यवसाय दर्ता नगरेको र स्वीकृति नलिई विभिन्न संरचना बनाएको जिकिर गरे। नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली, कानुन अधिकृत केशव सिलवाल, प्रशासन प्रमुख धनबहादुर श्रेष्ठ, इञ्जिनीयर सत्यनारायण साह, २ नं वडाध्यक्ष राम थापा, नगरपालिकाका कर्मचारी र प्रहरीसमेतको टोलीले शिलबन्दी गरेको हो ।(रासस)

वि.सं.२०७४ फागुन ३ बिहीवार १५:४९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...