back
CTIZAN AD

आक्रमण गर्नेमाथि तत्काल कारबाही नगरे जस्तोसुकै कदम चालिने चेतावनी

वि.सं.२०७४ फागुन ८ मंगलवार

636 

shares

८ फागुन,काठमाडौँ ।  नेपाल चिकित्सक संघले उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न माग गरेको छ ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै जिल्ला अस्पताल डोटीमा कार्यरत डा जीतेन्द्रकुमार सिंहमाथि भएको आक्रमणका दोषीलाई तत्काल कारवाहीको माग गरेको हो ।  संघका महासचिव डा लोचन कार्कीले भन्नुभयो, “यस्ता प्रकारका आपराधिक क्रियाकलाप यथाशीघ्र बन्द गर्दै घटनाका दोषीलाई कडाभन्दा कडा कानूनी कारवाही गरियोस्, कारवाही नभएमा संघ जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ ।”

जिल्ला अस्पताल डोटीमा कार्यरत डा जीतेन्द्र सिंहमाथि आइतबार अपराह्न २ः३० बजे आक्रमण हुँदा उनको टाउको, हातलगायतमा गम्भीर चोट लागेको छ भने नाथ्री फुट्नाका साथै दाँतसमेत भाँच्चिएको छ । उनको डोटीमै उपचार भइरहेको बताइएको छ ।

 

वि.सं.२०७४ फागुन ८ मंगलवार ०३:२० मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...