back
CTIZAN AD

बाग्लुङमा स्वास्थ्य बीमा प्रभावकारी बन्दै, अहिले सम्म २४ हजारको स्वास्थ्य बीमा

वि.सं.२०७४ फागुन १६ बुधवार

858 

shares

१६ फागुन, बागलुङ । दुई वर्षको अवधिमा यहाँका पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जनाको स्वास्थ्य बीमा गरिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता १४ हजार ५३० जनाले उपचार सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार अति गरिबमा सूचीकृत ५४४ परिवारका दुई हजार ८४५ जनाको निःशुल्क बीमा गरिएको छ ।

दायित्व रकम तिर्न नसक्ने परिवार बीमा कार्यक्रमबाट छुटेपछि निःशुल्क गरिएको हो । जनसंख्याको ठूलो हिस्सा बीमासँग अझै जोडिएको छैन । बोर्डले जिल्लाभर बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।

दर्ता अधिकारी जमुनादेवी सापकोटाका अनुसार ६० भन्दा बढी दर्ता सहयोगी जिल्लाभर परिचालित छन् । पछिल्लो संरचनाअनुसार सबै वडामा दर्ता सहयोगी खटाउने तयारी भइरहेको छ । “दर्ता सहयोगी गाउँगाउँ पुगेर बीमा गराउन खट्नुभएको छ,” उनले भनिन् “कार्यक्रमलाई तल्लो तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता छ ।”

बीमाको महत्वबारे बुझाएर परिवार र तिनका सदस्यको बीमा गराउनु चुनौतीपूर्ण रहेको दर्ता सहयोगी बताउँछन् । पहिलो वर्ष बीमा गरेका कतिपय बिमितले अर्को वर्ष नवीकरण नगरेका उदाहरण पनि बाहिर आउन थालेका छन् । बीमा गर्नेको संख्या अपेक्षा गरेभन्दा कम रहेको बोर्डका प्रदेश नं ४ का संयोजक जीवलाल खरेलले बताए ।

जनस्तरमा स्वास्थ्य बीमाको महत्व र आवश्यकताबारे सचेतना कम पुगेको उनको अनुभव छ । “हामीले मेहनत गर्दा पनि बीमामा जोडिने संख्या कम छ,” उनले भनिन् “अति गरिब परिवारलाई निःशुल्क गरेपछि अहिले पहुँच बढ्दो छ ।”

सरकारले गरिब परिचयपत्र छिटो उपलब्ध गराउन सके गरिब तथा विपन्न परिवारले सहुलियत पाउने उहाँको भनाइ छ । स्वास्थ्य बीमाको प्रभावकारिता बढाउन सकिए बीमामा स्वतः आकर्षण बढ्ने देखिन्छ । बीमा गरेका सदस्यले सामान्यदेखि जटिल प्रकारका स्वास्थ्य समस्यामा उपचार सेवा पाइरहेका छन् ।

जिल्लामै र बाहिरसमेत गरी तोकिएका स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध हुने गरेको छ । बीमाको लागि प्रत्येक परिवारले वार्षिक रु दुई हजार ५०० बीमा रकम बुझाउनुपर्ने व्यवस्था छ । सोबापत पाँच जनासम्मको परिवारले रु ५० हजारसम्मको उपचार सेवा निःशुल्क पाउने गरेका छन् । पाँच जनाभन्दा बढी सदस्य रहेमा प्रतिसदस्य रु ४२५ का दरले थप रकम तिर्नुपर्ने प्रावधान छ ।

“हरेक वर्ष रु दुई हजार ५०० तिरेर सदस्यता नवीकरण गर्नुपर्छ, उक्त रकम पछि फिर्ता हुँदैन,” संयोजक खरेलले भने “सरकारले निःशुल्क दिने औषधिबाहेक कार्यक्रमले तोकेका औषधि किन्दा १५ प्रतिशत रकम सदस्य स्वयंले तिर्नुपर्छ ।”

हाल प्रदेश नं ४ का पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालित छ । बागलुङमा दुई वर्षअघि र कास्की, म्याग्दी, गोरखा र तनहुँमा यसै वर्ष स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको हो । सरकारले शुरुमा बागलुङ, इलाम र कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापित गर्न देशभर स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने सरकारको योजना छ ।

वि.सं.२०७४ फागुन १६ बुधवार ०७:२८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...