२० फागुन, कपिलवस्तु । शनिबार साँझ भएको आगलागीमा परी एक दुई वर्षीय बालिकाको ज्यान गएको छ ।
दिउँसो ४ बजे विजयनगर गाउँपालिका–७ मानपुर डाँडागाउँका बहोरी यादवको घरमा भएको आगलागीमा परी उनकी तीन वर्षीय नातिनी राजकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण सात वटा बाख्रा र रु २० हजार नगद जलेर नष्ट भएको छ । आगलागीबाट करिब रु तीन लाख ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । रासस
वि.सं.२०७४ फागुन २० आइतवार ०२:४९ मा प्रकाशित






























