back
CTIZAN AD

अष्ट्रेलियाको सपना, यी हुन् अबसर र चुनौती

वि.सं.२०७४ फागुन २० आइतवार

816 

shares

देशमा आमूल परिबर्तन ल्याउन र समृद्ध राष्ट्र निर्माण गरि अबसरको मुल फुटाउन लामो समय द्वन्द भयो । राज्य व्यवस्थाहरू धेरै परिबर्तन पनि भए । तर, राज्य (देश) को अबस्था अझै परिबर्तन हुन सकेको छैन् । यसैको ज्वलन्त उदाहरण तथा प्रत्यक्ष प्रभाब होला, बाध्यता भनौ या अबसरको खोजीमा दिनहुँ २५ सय युवाजनशक्ति सपनाको ह्यान्ड ब्याग र बाध्यताको गह्रौ लगेज बोकी एयरपोर्ट छोड्नु परेको । एयरपोर्टमा छोड्न आउने अभिभाबकहरुकाबीच एक हातले आँखा छोपि आँशु पुछ्दै अर्को हात हल्लाएर बाई बाई गर्दै जहाज माथीबाट पनि मातृभूमिको माटो देखिन्छ कि भन्दै प्रदेशिनु परेको छ ।
खाडी र अन्य देशमा श्रमको लागि प्रदेशीनेहरूको बाध्यताको कथा ब्यथा भने पृथक छ । तर, बिकशित ठूला देशहरूमा जानु कतिलाई रहर बनेको छ । किनकी सँगै पढेको साथी अमेरीका, अष्ट्रेलिया, युरोप, जापान यस्तै–यस्तै बिकशित देश गएको छ । समुन्द्रको छेउमा, आकर्षक पार्कमा र ठूल–ठूला बिल्डिङ्ग र सपिङ्ग महलमा गएर विभिन्न स्टाइलमा फोटो खिचेर सामाजिक सञ्जालमा राखेको तस्बिरहरूले त झनै मन थाम्नै गाह्रो बनाएको छ ।

आफ्ना आमा, बुबालाई पनि लाग्ने गर्छ केहि खर्च गरेर यस्ता ठूला र सम्पन्न देशहरूमा सन्तान पठाउन पाए त त्यहाँ पुगेर डलरका बिटा पठाउन शुरू गरिहाल्छन अनि आर्थिक अबस्था राम्रो भैहाल्छ । त्यसैले जब +2 सकिन्छ अनि धेरै युवामा कुन देश जाने ? भनेर सपनाको देश छनोट सुरु हुन्छ ।

यस्तै १८–२० बर्षे कलिलो र अपरिपक्क उमेरका युबा युबतीहरूको सपनाको एक प्रमुख देशको रुपमा अष्ट्रेलिया पनि हो । यहाँको ओपेरा हाउस, हार्बर ब्रिज, ठूला समुन्द्र र जीबनशैली जति मनमोहक छ यि मनमोहकतामा रमाउन सक्ने बाताबरण बनाउन त्यतिनै सँघर्ष र चुनौतीहरु छन् । यसको अर्थ यहाँ अबसर हुँदै नभएको चाँही पक्कै पनि होईन । सर्बप्रथम यहाँ आउन भन्दा पहिले बिद्यार्थीले के बुझ्न जरूरी हुन्छ भने, बिद्यार्थी जीवनमा जे जस्ता, लेबर काम पनि गर्न सक्छु, खान र सुत्नको कुनै समय हुन्न जतिखेर जस्तो काम पनि गर्छु, बसाई शेयरमा बस्दा Congested हुन्छ सहेर बस्छु, काममा आउने उतार–चढाव ब्यवस्थापन गर्न सक्छु र समयलाई मध्यनजर गरि अध्ययनलाई प्रथामिता दिएर सर्बप्रथम Carrier बनाउछु भन्ने सोच ल्याउन जरुरी छ ।

त्यस्तै अभिभाबकले अहिले मेरो छोरा–छोरी अध्ययनको लागि गएका हुन हामीले उनीहरुबाट आर्थिक अपेक्षा गर्नु हुन्न र उनीहरुको अध्ययन समय अबधिभर हामिले यहाँबाट आबश्यक बिश्वबिद्यालय खर्च ब्यबस्था गर्न तयार रहनुपर्छ भन्ने सोंच्नु जरूरी छ । त्यस्तै शैक्षिक परामर्शदाताहरूले आफूलाई जुन कलेजबाट वा यूनिभर्सिटीबाट साथै कुन कोर्षबाट बढी कमिसन आउछ त्यसको आधारमा होईन बिद्यार्थीको आर्थिक र शारीरिक हैसियत, पारिवारीक अबस्था साथै यहाँको अध्यागमन नीति अनुरूप ति कोर्षहरूको संभाबना पहिचान गरि भबिश्यमा यहाँको स्थायी बसोबास अनुमति प्राप्त गर्न सहज हुने गरि परामर्श दिन जरूरी हुन्छ । त्याँबाट तपाँईहरुले भिषा लगाएर Congratulations भन्दै party मा रमाएर पठाउनु हुन्छ यहाँ चाँहि त्यै गलत निर्णयले बिभिन्न समस्यामा परि मानसिक सन्तुलन गुमाएर आत्महत्या जस्ता भयनाक दुर्घटना निम्त्याएको हुन्छ । अहिले अष्ट्रेलियाको नेपाली समाजमा यो घटना दिनहुँ जसो घटिरहेको देखिन्छ ।

अर्को मेरो सानो अनुरोध, जो बिदेसमा रहनु हुन्छ, तपाँईहरूले ६ दिन शरिरका तन्तु तन्तु दुख्ने गरि काम गर्ने र एकदिन चाँहि समुन्द्रको छेउतिर अग्ला भबनतिर गएर विभिन्न स्टाइलको तस्बिर सहित बिभिन्न उत्तेजक Status हरू सामाजिक सञ्जालमा पोष्ट गरि भ्रम छर्ने कार्य नगर्नुनै राम्रो हुन्छ ।

तपाँईले यहाँ गर्नु परेको शारीरिक कामहरूको अनुभब र बस्तु यतार्थतालाई पनि पोष्ट गरिदिनु भयो भने विदेशका बारेमा बुझ्ने मौका र धेरैलाई स्वदेशमै बसेर केहि गर्न ठूलो मद्दत पुग्नेछ ।

कामको अस्थिरता, यूनिभर्सिटीको चर्को फि, महङ्गो जीवनसैली र महत्वकाँक्षी सपनाको बोझ थेग्न नसकी अन्तत डिप्रेसनको शिकार भै, ति कलिला युवा–युवतीहरु आत्महत्या जस्तो भयानक दुर्घटनाको शिकार बन्न परेको छ । गत केहि महिना मात्रै अष्ट्रेलियामा ४ जना नेपाली बिद्यार्थीको यसरी मृत्यु भएको छ ।

त्यसैले यसमा राज्यले पनि यदि समृद्ध देश निर्माणको परिकल्पना बास्तबमै गरेकै हो भने सरकारबाट यस्ता युवाजनशक्ति बिदेशिनबाट रोक्न तुरुन्त प्रभाबकारी उपाय तथा नीति ल्याउन आबश्यक छ र यसको न्यूनिकरणको बिकल्पमा राज्य, अभिभाबक, शैक्षिक परामर्शदाता (Consultancy) र महत्वपूर्ण बिद्यार्थी आफैंको पनि सजकता प्रमुख पक्ष हो ।

हो,अहिले बिश्वकै वाताबरणीय स्वच्छता सुचिमा १ नम्बरमा, स्वतन्त्र बहुसाँस्कृतिक देश, उत्कृष्ट जिबनशैली, उच्च आर्थिक कमाई भएको यस देशमा अबसरहरु प्रशस्त नभएका होईनन् तर ति भबिश्यका अबसरका ढोका खोल्ने चाबी तपाँईको बर्तमानको धैर्यता, सँघर्ष र सहि बाटोको यात्राले गर्दछ ।

आसा छ, राज्यले यसलाई तुरून्त महत्वको बिषय बनाएर हेर्नेछ,अनि तपाँईहरु सम्पूर्णको उज्वल भबिश्यको कामना सहित शुभकामना !

वि.सं.२०७४ फागुन २० आइतवार ०७:२० मा प्रकाशित

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...