
२० फागुन, काठमाडौँ । विगतका केहि खेल देखि चोटग्रस्त हुदैँ मैदान बाहिर रहेका रियल म्याड्रिडका मिडफिल्डरहर टोनी क्रुस र लुका मोड्रिच ट्रेनिङमा फर्केका छन् ।
मोड्रिच पिडौलाको चोटको कारण मैदान बाहिर रहेका छन भने क्रुस थाईको दुखाईको कारण मैदान बाहिर रहदैँ आएका छन् । गत फेब्रुअरीमा भएको पिएसजीसँगको च्याम्पियनस लिगको अन्तिम १६ को खेल पछि यी दुवै खेलाडी मैदान बाहिर रहदैँ आएका छन् ।
रियल म्याड्रिडले च्याम्पियनस लिगको दोस्रो लेग अन्तर्गत भोलि राति पिएसजीको सामना गर्दै छ । रियलको मिडफिल्डको ईन्जिनको रुपमा परिचित लुका मोड्रिच र टोनी क्रुस सम्भवत भोली खेल्न सक्ने बताइएको छ । जसले जिदानलाई टिम सेलेक्सनमा ठुलो राहत दिएकोे छ ।
वि.सं.२०७४ फागुन २१ सोमवार ०६:३४ मा प्रकाशित
























