महिला समुह जापानले ‘राष्ट्र निर्माणमा प्रवास महिलाको भुमिका तथा आजको आबस्यकता महिला एकता’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली दूताबास जापानका उपप्रमुख कृष्णचन्द्रको प्रमुख आतिथ्यामा टोकियोको नेपाली मुरा हल सोलमारिमा मार्च ४ का दिन सम्पन्न अन्तरक्रिया कार्यक्रममा महिला समुह जापानकी संयोजक सरिता ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

एनआरएनए जापानका पदाधिकारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा जापानमा रहेका नेपाली महिलाहरुको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
वि.सं.२०७४ फागुन २१ सोमवार ०६:५३ मा प्रकाशित


























