back
CTIZAN AD

पर्यटकको पर्खाइमा काँहु धरहरा

वि.सं.२०७४ चैत ११ आइतवार

894 

shares

 

dharahara-pokhara

हरि वास्तोला, ११ चैत, पोखरा । पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा ।

पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीय स्थल काहँु धरहरा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ । २०२६ सालमा निर्मित काहुँ धरहरा क्षेत्रमा अझै पनि अपेक्षित पर्यटक भित्राउन नसकिएको काहुँकोट देउराली तथा धरहरा संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले बताए ।

उनका अनुसार पोखराको सबैभन्दा नजिक लालीगुँरास फुल्ने यस स्थानमा अवस्थित दुई तल्ले धरहरामा गत वर्ष १२ हजार आन्तरिक तथा बाह्य पर्यटकले टिकट काटेर अवलोकन गरेका थिए । यहाँ विशेषतः शुक्रबार र शनिबार दिउँसोको समयमा बढी पर्यटक आउने गरेका छन् । “पोखरा लेखनाथ महानगरपालिका–२१ मा पर्ने धरहरामा प्रवेशका लागि विद्यार्थी र सर्वसाधारणका लागि रु २० र बाह्य पर्यटकका लागि रु ५० टिकटको व्यवस्था गरिएको छ,” उनले भने, “आवश्यक भौतिक पूर्वाधार तयार भएर पनि सम्बन्धित निकायको उचित ध्यान पुग्न नसक्दा काहुँ धरहराले पर्यटकीय विकासमा फड्को मार्न सकेको छैन ।”

समुद्री सतहबाट एक हजार ४४३ मिटरको उचाइमा रहेको काउँकोटमा अवस्थित धरहराबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि लगायतका हिमशृंखलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ । पोखराको चापापानीबाट लगभग साढे सात किलो मिटर लम्बाइमा रहेको धरहरासम्म पुग्नका लागि सडक विभागबाट रु १२ करोड ९५ लाखको लागतमा एकतर्फी ढलसहित पक्की मोटर बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पांँच दशकअघि निर्माण भएको धरहरा जीर्ण बन्दै गएको हुँदा यसको गुरुयोजना तयार गरी पुनः निर्माण गर्न महानगरमा योजना पेश गरिएको पोखरा–११ का वडा सदस्य मीनबहादुर गुरुङ बताउछन् । पाँच तल्ले धरहरा निर्माण गरेर दृश्यावलोकनका लागि दुई वटा दूरदर्शक यन्त्र राखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढाउन सके यस क्षेत्रको समग्र विकासका साथै थप पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने सोचका साथ योजना अगाडि बढाइने उनले जानकारी दिए ।

धारापानी सामुदायिक वन क्षेत्रमा ढकमक्क फुल्ने लालीगुँरासको फूल पर्यटकका लागि थप आकर्षण बनेको उक्त फूल संरक्षणका लागि विभिन्न पहल गरिएको समितिका सदस्य अम्बिका आचार्यले बताए । उनका अनुसार गत वर्ष सूचनाको व्यवस्था गरी लालीगुराँस टिप्ने चार जनाबाट रु तीन हजार ५०० जरिवानासमेत गरिएको थियो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त पर्यटकीय एवम् धार्मिक क्षेत्रसहित स्थानीय बासिन्दालाई खानेपानीको सुविधा पु¥याउने उद्देश्यका साथ नेपाल सरकार खानेपानी संस्थानको रु १३ करोडको लागतमा बृहत् काहुँ खानेपानी योजना शुरु गरिएको खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष खेमराज आचार्यले जानकारी दिए । २०६८ सालबाट शुरु गरिएको खानेपानी योजनाअन्तर्गत साबिकको अर्मला, सिल्दजुरे र मौजाको संगमस्थल विजयपुरखोलाबाट २२ किलोमिटर पाइप विस्तार गरेर ल्याइएको पानी पर्यटकीयस्थल काहुँकोटका साथै स्थानीय बासिन्दाका लागि एक घर एक धाराको अभियान सञ्चालन गरिएको छ ।

बाइसे चौविसे राज्यकालमा घले राजाको राज्य रहेको काहुँकोटमा कोट देउराली मन्दिर रहेको र प्रत्येक चैते दशैँमा परापूर्वकालदेखि बोका र राँगाको बलि दिनाका साथै नवरात्रि पाठपूजा गरिनेछ । उक्त स्थानमा धर्मकाया बुद्ध मण्डलासमेत निर्माण गरिने भएको छ । ऐतिहासिक, धार्मिक, एवम् पर्यटकीय महत्व बोकेको सो प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त स्थलका बारेमा प्रचार प्रसार गरी पोखराको थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके पर्यटकको एक दिनको बसाइ लम्ब्याउनाका साथ स्थानीय बासिन्दासमेत लाभान्वित हुने यस क्षेत्रसँग सम्बन्धित विज्ञको धारणा रहेको छ ।

वि.सं.२०७४ चैत ११ आइतवार १२:३२ मा प्रकाशित

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...