back
CTIZAN AD

म रोएको दिन

वि.सं.२०७४ चैत २१ बुधवार

1.2K 

shares
कृष्ण प्रसार्इं
कवि

संसारभर खुसीको माहोल छाएको थियो
धेरैले पटका पड्काएर उन्मुक्त उत्सव मनाइरहँदा
म भने बेचैन भएर सन्तापले सुस्ताइरहेको थिएँ
म रोएको त्यो दिन
अर्थात् दुई हजार दस, वैशाख सत्र गते बुधबार ।

न्युजिल्याण्डको एउटा मान्छेले मेरो शिर कुल्चियो
आफ्नै देशको टाउको टेक्ने अर्को
मेरै देशको भरिया थियो
कालान्तरमा ऊ पनि विदेशी नै भयो ।

मैले जानेको सत्य एउटै छ –
हामीभन्दा माथि हिमाल छ
हिमालभन्दा माथि देश
हिमाल र देश भएकैले हामी छौँ ।

तर जुन दिन हिलरीले राख्यो पैताला सगरमाथामा
र तेञ्जिङले टेक्यो आफ्नै टोपीलाई
देशभन्दा माथि अरू नै भए !
देउता मानेको सगरमाथा सर्माएको त्यो दिन
संसारले मुकुट ठानेको
हिमाल हारेको त्यो दिन
महानता मुर्झाएको त्यो दिन ।

हो, त्यसै दिन म रोएँ
मेरो कद सानो भएकोमा म रोएँ
पराई पदचाप परेकोमा म रोएँ
मेरो टाउको टेक्नेलाई नै तिमीले महान बनाएकोमा म रोएँ ।

टाउको कुल्चनेलाई म कसरी महान भनुँ ?
अहिले पनि कुल्चिरहेछन्
र जुठाका पिरामिडहरु थुपारिरहेछन् ।

मेरो प्रश्न छ तिमीसित देश !
मन्दिरको मूर्तिमाथि पाइला टेकेर
मन्दिरमा चढाएको भेटीले
तिम्रा कुन ईश्वर खुसी होलान् र ?

तिमी जे सुकै भन
म मान्दै मान्दिनँ तिम्रो पुरानो संविधान
भन, संसारको कुन कानुनमा शुल्क बुझाएपछि
शरीरको शिर टेक्न पाइन्छ ?

कुन नियममा पैसा असुलेपछि
गजुर कुल्चन पाइन्छ ?
भन, कुन कानुनले
तिरो तिर्दैमा
छाति छेड्न पाइन्छ ?
म अहिले क्षोभ र घृणाले आक्रान्त भिजेको छु
तिम्रो देशको विधानसित ।

इति

साहित्यकार कृष्ण  प्रसार्इंका अाधा दर्जन साहित्यिक कृतिहरू प्रकाशन भएका छन् भने उहाँ जारा फाउण्डेसनसँग सम्बन्धित हुनुहुन्छ । – सम्पादक

वि.सं.२०७४ चैत २१ बुधवार ११:०७ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...