back
CTIZAN AD

भक्तपुरमा वृहत औद्योगिक मेला शुरु

वि.सं.२०७४ चैत २३ शुक्रवार

546 

shares

२३ चैत, भक्तपुर । नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला आजबाट शुरु भएको छ ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “चांैथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४÷७५” को प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले मेलाको आज उद्घाटन गरेका छन् ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा शुरु भएको ११ दिने मेला आगामी वैशाख ३ गते सम्पन्न हुनेछ । २०० भन्दा बढी स्टल रहेको मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, भाँडाकुडा, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेको मेलाका संयोजक दीपक थापाले बताए ।
त्यसैगरी मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल रहेको छ भने मेलामा बिक्री गरिने सामानमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिऐ ।
मेलामा आउनेका लागि डा इवामुरा मेमोरियल अस्पतालले निःशुलक स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकार दिए । मेलामा करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने र करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको मेला आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष संदिप महतले बताए ।
मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता, तथा बि–बोईङ प्रतियोगिता गर्नुका साथै चर्चित गायकगायिकाको प्रस्तुित, चर्चित कलाकारको नृत्यलगायतका मनोरञ्जनात्मक प्रस्तुति रहेको आयोजक संस्था मध्यपुर ब्याइजब्याण्डका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिए ।
मेलामा बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामग्रीका साथै चार दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारको हास्यव्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने छ ।
मेलामा भक्तपुर, काठमाडाँै, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दा यसबाट लाभ लिनसक्ने मेलाका आयोजकले बताएका छन् ।

वि.सं.२०७४ चैत २३ शुक्रवार १४:४७ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...