back
CTIZAN AD

अमेरिकी राष्ट्रपतिले पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको खुलासा

वि.सं.२०७५ वैशाख २० बिहीवार

1.1K 

shares

trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको खुलासा भएको छ ।
राष्ट्रपति ट्रम्पका कानुनी टिमका एक वकिलले ट्रम्पक विरुद्धमा बयान दिदैं पोर्न स्टार स्टर्मी डेनियल्सलाई दिएको कथित भुक्तानीका बारेमा खुलासा गर्दै उक्त रकम ट्रम्पले नै दिएको खुलासा गरेका छन् ।
न्युर्योकका पूर्वमेयर तथा अधिवक्ता रुडी गियूलियानीका अनुसार अधिवक्ता माइकल कोहेनले पोर्नस्टारलाई दिएको पैसा ट्रम्पले नै दिएका थिए ।
राष्ट्रपति ट्रम्पले भने उक्त भुक्तानीका बारेमा आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका थिए तर, हाल उनले पोर्नस्टारसँग सम्झौता भएको बताएका छन् ।
स्टार्मी डेनियल्सका अनुसार उनको ट्रम्पसँग अफेयर रहेका कारण उक्त कुरा लुकाउनकै लागि सो पैसा दिइएको थियो ।
हाल ट्रम्पका कानुनी टिममा रहेका गियुलियानीले फक्स न्युजसँग भने– उनले कानुनी फर्मका नाममा यो पैसा पुर्याएका थिए पछि सो पैसा फर्काइदिए ।’ उनले यो पनि भने की, ट्रम्पले धेरै महिनाको अन्तरालमा उक्त पैसा फर्काइदिएका थिए ।

वि.सं.२०७५ वैशाख २० बिहीवार १७:०९ मा प्रकाशित