back
CTIZAN AD

शुक्लाफाँटा नगरपालिका तीन हजार युवा वैदेशिक रोजगारीमा

वि.सं.२०७५ वैशाख २० बिहीवार

807 

shares
फाइल : फोटो
फाइल : फोटो

२० बैशाख, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट तीन हजार ५९४ युवा वैदेशिक रोजगारीमा गएका छन् ।

नगरपालिका कार्यालयले गरेको घरघुरी सर्भेक्षण अनुसार २५८ महिला र तीन हजार ३३६ पुरुष वैदेशिक रोजगारीमा गएका हुन् । छिमेकीमूलुक भारतमा दुई हजार ९५०, खाडी मुलुकमा ५०७ र अन्य देशमा १३७ जना रोजगारीका लागि गएका छन् ।

शिक्षा आर्जनका लागि ३६ युवा विदेशिएका छन् । बैंक, सहकारी संस्था र समूहबाट ऋण लिएर वैदेशिक रोजगारीमा जाने युवाको संख्या १६८ छ । पशुपक्षी व्यापार, नोकरी, ज्यालादारी मजदुरीलगायतबाट नगरपालिकामा वार्षिक रुपमा रु एक अर्ब ५३ करोड ९४ लाख ८४ हजार ७१९ रकम आम्दानी हुने गरेको छ ।

कूल आम्दानीको ३६ दशमलव १५ प्रतिशत अर्थात रु ५५ करोड ६४ लाख ६२ हजार ९७७ रकम वैदेशिक रोजगारीबाट भित्रिने गरेको नगरपालिकाका प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।

वैदेशिक रोजगारीमा २० वर्षदेखि २४ वर्ष उमेरका एक हजार ८३६ युवा सहभागी भएका छन् । वैदेशिक रोजगारीबाट पठाएको रकमको अधिकांश हिस्सा घर घडेरी र विलासिताका बस्तु खरिदमा बढी खर्च हुने गरेको पाइएको छ ।

केहीले मात्रै उत्पादनशील क्षेत्रमा वैदेशिक रोजगारीबाट पठाएको रकमको सदुपयोग गरेको देखिएको जनाइएको छ ।

वि.सं.२०७५ वैशाख २० बिहीवार १६:३५ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...