नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती(नेजस) फ़्रान्सको प्रथम तथा ऐतिहासिक महाधिबेशन ६ मे मा फ़्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी नारायण आचार्य (पूर्व अध्यक्ष नेजस नेदरल्याण्ड) र बिशेष अतिथि माथवर सिंह बस्नेतको उपस्थितिमा सम्पन्न गरिएको हो ।
कार्यक्रमको सभापतित्व तदर्थ समितीका अध्यक्ष निर्मल अर्यालले गरेका थिए भने कार्यक्रम संचालन सुधीर रानाले गरेका थिए । सुबर्ण बिक्रम हमालको संयोजकत्वमा तीन सदस्यीय निर्बाचन समिती बनेको थियो जसमा सदस्यद्वय जीता कटवाल र बिष्णु सारू मगर रहेका थिए ।
अधिबेशनमा सभापति निर्मल अर्यालले कार्यसमितीको प्रतिबेदन पेश गर्दै यस अधिबेशन सम्पन्न गर्न दिन रात खटिने तदर्थ समितीका साथीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।
उनले फ्रान्सको राजधानी पेरिस, यूरोपको केंद्रमा लामो समय देखि प्रजातन्त्र प्रेमीहरुको चाहना, अहिले आएर जनसम्पर्क समिति फ्रान्सको बिधिवत स्थापना भए सँगै पूरा भएको बताएका थिए । यो ऐतिहासिक क्षणमा सबै लोकतांत्रिक प्रेमीहरु गौरन्वित भएको महसूस गर्दै खुसी व्यक्त गरेका थिए ।
सोही क्रममा वरिष्ठ राजनीतिज्ञ माथवर सिंह बस्नेतले नेपाली कांग्रेसको इतिहास देखी वर्तमान सम्मको राजनीति विश्लेषण गरेका थिए । कार्यसमितिको आर्थिक प्रतिबेदन सहकोषाध्यक्ष धर्मेन्द्र सेन ले गरेका थिए । बन्द सत्रमा निर्बाचन समिती संयोजक सुबर्ण हमालले निर्बाचन सम्बन्धी प्रतिबेदन र परिणाम घोषणा गरेका थिए । प्रमुख अतिथिले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरे लगत्तै निर्बाचन समितिका संयोजकले नव निर्बाचित कार्यसमितीका पदाधिकारीहरुलाई गोपनीयताको सपथ खुवाएका थिए ।
जनसम्पर्क समिती फ़्रान्सको ऐतिहासिक प्रथम अधिबेशन बाट सर्वसम्मितिबाट चयन हुनेमा अध्यक्ष सुधीर कुमार राना, उपाध्यक्ष द्वय इन्द्र बस्नेत, शिवराम भण्डारी, महामहामन्त्री कमल बिक्रम के सी, सहमहामन्त्री ध्रुव घिमिरे, कोषाध्यक्ष देवीजंग गुरुंग, सह कोषाध्यक्ष धर्मेन्द्र सेन र सदस्यहरुमा थम्मन टण्डन, हीरा खत्री, सागर श्रेष्ठ, श्रीप्रसाद गुरुंग र बाबूराम शर्मा रहेका छन् । १५ सदस्यीय कार्यसमितीको पूर्णता संस्थाको बिधानले प्रवाधान गरे अनुसार ३ जना पछी मनोनीत गरीने भएको छ ।
यसैक्रममा प्रमुख अतिथिबाट नवनिर्बाचित कार्यसमितीलाई बधाई तथा शुभकामना दिए । उनले ढीला नै भएपनी फ़्रान्समा जनसम्पर्क समिती खोलिनु सराहनीय कार्य भएको बताए । जन सम्पर्क समितिहरुको कान्छो समिति फ्रान्सले उदारणीय कार्य गर्दै सफलता हासिल गर्नेमा ढुक्क भएको बताएका थिए ।
कार्यक्रमको अन्तमा नवनिर्बाचित अध्यक्ष सुधीर रानाले सर्वसम्मति बाट आफुलाई संगठनको अध्यक्ष जस्तो गरिमामय पदको ज़िम्मेवारी सुम्पेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै जनसम्पर्क समिती फ़्रान्स नेपाली समुदाय लक्षित सामाजिक कार्यमा लाग़्ने र पृथक पहिचान बनाउने प्रतिबद्दता जनाएका थिए ।
वि.सं.२०७५ वैशाख २५ मंगलवार ०९:१८ मा प्रकाशित






























